काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन्।
यसअघि सुर्खेत २ बाट कांग्रेसकै हृदयराम थानी निर्वाचित भइसकेका छन्।