बुधबार, भदौ ११, २०८२

जो स्थानीयमा हारे, आम निर्वाचनमा जिते

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा हार व्यहोरेका तीन नेताले आम निर्वाचनमा जित निकालेका छन्। आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उनीहरू निर्वाचित भएका हुन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं– गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा हार व्यहोरेका तीन नेताले आम निर्वाचनमा जित निकालेका छन्। आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उनीहरू निर्वाचित भएका हुन्।

राप्रपाका दीपक सिंह स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामासँग पराजित भए। उक्त निर्वाचनमा उनी २० हजार ५३१ मतसहित तेस्रो भएका थिए। तर प्रतिनिधिसभामा भिडेका उनले एमाले–राप्रपा नेपाल र सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै चुनाव जिते। अन्तिम मत परिणामअनुसार सिंहले २७ हजार ८१६ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी डीना उपाध्याय महालक्ष्मीले २५ हजार ४३४ मत पाउँदा कमल थापाले २५ हजार ४२० मत पाएका छन्।

यो सिंहको पहिलो जित हो। यसअघि २०५४ सालमा मेयर उठेका उनी एमालेका डोरमणि पौडेलसँग पराजित भएका थिए। २०५६ को प्रतिनिधिसभा निर्वाचनमा विरोध खतिवडा र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेकै अनन्तप्रसाद पौडेलसँग उनी पराजति भएका थिए।

यस्तै मधेस सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमत पार्टीका सतिशकुमार सिंह सप्तरी–२ को ‘क’ बाट निर्वाचित भएका छन्। उनले जनता समाजवादी पार्टी (जसपा)का शैलेन्द्रप्रसाद साहलाई ८ हजार ४४२ मतान्तरले पराजित गरेका हुन्। 


सप्तरी–२ को ‘क’ बाट निर्वाचित सतिशकुमार सिंह। स्थानीय निर्वाचनमा उनी तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा पराजित भएका थिए।
सिंहले १६ हजार ७३४ मत प्राप्त गर्दा जसपाका साहले ८ हजार २९२ मत मात्रै पाएका छन्। ०७४ को स्थानीय निर्वाचनमा राजपाबाट सिंह कांग्रेसका अरुण यादवलाई पराजित गरी तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। तर गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पुनस् दोहोरिन खोजेका उनी पराजित भएका थिए। उक्त निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट चुनाव लडेका सिंहलाई नेपाली कांग्रेसका अरुणकुमार मण्डलले पराजित गरेका थिए। त्यसबेला मण्डलले ५ हजार ४५७ मत प्राप्त गर्दा सिंहले ३ हजार ६८१ मत मात्रै पाएका थिए।

यसैगरी वैशाखमा सम्पन्न स्थानीय चहको चुनावमा बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा पराजित जसपाका भण्डारीलाल यादव बाँके २ क मा निर्वाचित भएका छन्। ११ हजार ५०४ मतसहित उनी विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजयबहादुर यादवलाई १४ मतान्तरले हराएका हुन्। त्यहाँ एमालेका विजयबहादुरले ९ हजार ३५८ मत पाएका छन्। 

भण्डारीलाल गत स्थानीय निर्वाचनमा कांग्रेसका नरेन्द्रकुमार चौधरीसँग पराजित भएका थिए। त्यसबेला नरेन्द्रकुमार ६ हजार २७२ मत प्राप्त गर्दा भण्डारीलालले ५ हजार १२५ मत पाएका थिए।


 बाँके २ क मा निर्वाचित भण्डारीलाल यादव। उनी डुडुवा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए।

प्रकाशित: Nov 24, 2022| 17:23 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...