काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने कम्युनिस्टहरूबीच एकता हुन सक्ने दाबी गरेका छन्। नेता नेपाल हाल सत्तारुढ कांग्रेसको गठबन्धनमा आबद्ध छन्।
बिहीबार रौतहट १ बाट निर्वाचित भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै नेता नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकासँग भने एकता सम्भव नभएको बताए।
नेता नेपालले अबको सरकार कसको नेतृत्वमा बन्छ भन्ने विषय स्पष्ट भइनसकेको खुलासा गरे। चुनाव जित्नुमा इमानदारी, निष्ठा र जनताको विश्वास आफूप्रति रहेको देखिएको उनको दाबी छ। नेकपा एसले सोचेभन्दा कम मत ल्याएको उनले बताए।
उनले भने, ‘यो हामीले सोचेभन्दा कम मत परिणाम हो। हाम्रा कमी–कमजोरी भए होलान्। तिनलाई अब सुधारेर जानुपर्छ। नेकपा एसले हालसम्म प्रतिनिधिसभामा ७ स्थानमा जितेको छ भने ३ स्थानमा अग्रता लिइरहेको छ। एकीकृत समाजवादीले अहिलेसम्म ७ मा जित हात पारेको छ भने तीन ठाउँमा अग्रता लिइरहेको छ।