बुधबार, जेठ १, २०८२

प्रधानमन्त्री 'कार्ड' देखाएर निर्वाचित गगनका तीन चुनौती

‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु। मतदाताको मनमा के छ, मनको कुरा पनि व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ।’
 |  मंगलबार, मंसिर ६, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- चुनावको मिति नतोकिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री बन्ने लक्ष्य सुनाएका थिए। उनको उक्त वक्तव्यले पार्टीको शक्ति सन्तुलनमा असर गर्ने र पार्टीको सहयोग नहुने टिप्पणीलाई प्रतिरोध गर्दै थापा काठमाडौं-४ बाट करिब साढे ७ हजार मतान्तरसहित सांसदमा चुनिएका छन्। थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी घोषित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे। 

२०४६ सालको जनआन्दोलनदेखि सक्रिय विद्यार्थी राजनीतिमा जोडिएका थापा २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भए। त्रिचन्द्र क्याम्पसमा २०५३ सालमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भएका थापा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्यसमेत रहेका थिए। २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हालेका थापा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित थापाको राजनीतिक ग्राफ उकालो क्रममा नै छ। 

कांग्रेसका नेताहरूले पार्टी सभापति र प्रधानमन्त्रीलाई उतिकै प्राथमिकतामा राख्ने गरेपनि थापाले प्रधानमन्त्रीतर्फ आँखा लगाएका छन्। एक टेलिभिजन कार्यक्रममा उनले सभापति भन्दा प्रधानमन्त्री नै बढी प्राथमिकतामा रहेको बताइसकेका छन्। उनको उक्त रोजाइसँगै ‘भावी प्रधानमन्त्री’का रूपमा चर्चा हुँदा थापाको नाम पनि सूचीमा आउन थालेको छ। 

अर्थविद् डा स्वर्णिम वाग्लेले थापाको चुनावी प्रचार कार्यक्रममा गएर भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिदिएपछि यो विषयले थप चासो पायो। थापासँग प्रधानमन्त्री बन्ने भिजन र आफूजस्तै विज्ञको टिम रहेको दाबी गर्दै भनेका थिए, ‘अब पुराना नेताको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन लाग्नुपर्छ। काठमाडौं-४ का जनताले जिताएर पठाए गगन थापालाई निकट भविष्यमै प्रधानमन्त्रीका रूपमा देख्न पाइने छ।’

सांसद निर्वाचित थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताइसकेका छन्। अहिले जनताले स्थायित्व मात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताउँदै उनले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु। मतदाताको मनमा के छ, मनको कुरा पनि व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ।’

Metro Mart
worldlink

प्रकाशित: Nov 22, 2022| 17:13 मंगलबार, मंसिर ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...