बिहीबार, भदौ १२, २०८२

समानुपातिकमा एमालेले एक लाख मत कटायो, नेकपा एस दशौंमा

नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ। पछिल्लोपटक निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार उसले १ लाख ३ हजार ७६८ मत ल्याएको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले ८८ हजार ४४४ मत पाएको छ भने तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ६७८ मत पाएको छ। 

नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो स्थानमा छ। पाँचौं स्थानमा रहेको राप्रपाले २५ हजार ९९८ मत पाएको छ।

जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ। यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ।

प्रकाशित: Nov 22, 2022| 16:33 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...