बिहीबार, भदौ १२, २०८२

गगन थापालाई राजन भट्टराईको बधाइ

संसदीय निर्वाचनको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको लामो यात्रामा यस्ता कुराले तात्त्विक प्रभाव नपार्ने भट्टराईको जिकिर।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– नेकपा एमाले नेता डा.राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी गगनकुमार थापालाई जितको बधाइ दिएका छन्। काठमाडौं क्षेत्र–४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यासी डा.भट्टराई थापाका निकटतम प्रतिद्वन्द्वी हुन्। भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी काठमाडौं क्षेत्र–४ बाट कांग्रेस उम्मेदवार थापा विजयी भएकामा बधाई दिएका हुन्। 

उनले भनेका छन्, ‘क्षेत्र–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकामा उहाँलाई मेरो हार्दिक बधाइ छ।’ भट्टराई थापासँग ७ हजार ४४७ मतान्तरसहित पराजित भएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘लोकतन्त्रमा एक पटकको जय–पराजय सधैंभरिका लागि रहँदैन। संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको लामो यात्रामा यस्ता कुराले तात्त्विक प्रभाव नपार्ने मान्यताका साथ म राजनीतिमा सक्रिय रहनेछु।’ उनले सत्ता गठबन्धनको अवस्थामा पनि एमालेलाई नेपाली जनताले भरपर्दो साथ र सहयोग दिएको बताए।

प्रकाशित: Nov 22, 2022| 15:39 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...