काठमाडौं– भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै छ। त्यहाँ कांग्रेसका थापा र एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ।
थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार थापाले १४ हजार ९६ मत पाएका छन्। एमालेका बस्नेतले १३ हजार ४३ मत प्राप्त गरेका छन्। थापा र बस्नेतबीच १ हजार ५३ मतको अन्तर छ।