बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार समानुपातिकतर्फ अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ। एमालेले ४५ हजार ८ सय २९ मत कटाएको छ। अर्थात् एमाले २९.९ प्रतिशत मतका साथ अघिल्लो स्थानमा छ। दोस्रोमा नेपाली कांग्रेस छ उसको मत ४० हजार ४ सय ४० छ, जुन २६.३ प्रतिशत हुन आउँछ।

समानुपातिकतर्फ तेश्रो स्थानमा भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले १८ हजार ७ सय ४९ मत प्राप्त गरेको छ, जुन १२.२ प्रतिशत हुन आउँछ।

स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ। माओवादी केन्द्रले १७ हजार ६ सय ४५ मत प्राप्त गरेको छ। माओवादीले स्वतन्त्र पार्टीसँगको अन्तर घटाइरहेको देखिन्छ।

राप्रपाले ९ हजार ८६, जसपा नेपालले ३ हजार ३ सय २२, जनमत पार्टीले ३ हजार १ सय १, नेमकिपाले २ हजार ९ सय १६, एकीकृत समाजवादीले २ हजार ९०, लोसपा नेपालले १ हजार ८ सय १९ र अन्य दल सबैले प्राप्त गरेको मत ८ हजार ४ सय ८१ छ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार समानुपातिकतर्फ सिट सुरक्षित गर्न कुनै पनि दलले ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ । प्रतिनिधिसभाका लागि ११० सिटको बाँडफाँट समानुपातिकतर्फको यही मतका आधारमा हुनेछ। सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकमा सिट पाउनेछन्।

प्रकाशित: Nov 22, 2022| 07:01 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...