काठमाडौं- प्रतिनिधि सभा ललितपुर-२ मा नेकपा एमालेका प्रेमलाल महर्जन निर्वाचित भएका छन्। १९ हजार ८३४ मत ल्याएर निर्वाचित महर्जनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याए।
अन्तिम मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याए।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५३९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए। राप्रपाका रघुवरराज थापाले ७ हजार ७९९ मत ल्याए।
मतगणना सकिएपनि निर्वाचन आयोगले प्रेमलाललाई निर्वाचित घोषित गर्न बाँकी छ। प्रतिनिधिसभामा नेकपा एमालेको यो पहिलो जित हो।