चामे- प्रदेश सभा निर्वाचन अन्तर्गत मनाङ 'क' बाट नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्।
एमालेका राजन गुरुङलाई ३३० मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।
मुनिन्द्रले एक हजार २५५ मत पाउँदा एमालेका राजनले ९२५ मत पाएका थिए।
मनाङ ‘ख’मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत भइसकेका छन्।
प्रतिनिधि सभा सदस्यका लागि भने मतगणना चलिरहेको छ। प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङले एमालेका पोल्देन छोपाङ गुरुङलाई पछि पारेका छन्।