धरान- सुनसरी-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अशोक अविरल राईले प्रारम्भिक अग्रता बनाएका छन्। एमालेको समर्थन पाएका जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशोक राई पाँचौ स्थानमा पुगेका छन्।
धरान उपमहानगरपालिका वडा नं. १ का ६ सय मत गणना हुँदा राप्रपाका राईले १७४ मत पाएर शीर्ष स्थान बनाएका हुन्। स्वतन्त्र उमेदवार मनोजकुमार मेन्याङ्वोले १४१ र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सरिन तामाङले ११३ मत पाएकी छन्।
चौथो नम्बरमा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (माओवादी केन्द्र) का मुक्सामहाङ मेन्याङ्वोले ७० र पाँचौ नम्बरमा रहेका एमालेको समर्थन पाएका जसपा राईले २५ मत पाएका छन्।
यो क्षेत्रबाट आइतबार ७८ हजार ८९३ मत खसेको थियो।