काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता बढाउँदै लगेका छन्। अपरान्ह ४ बजेसम्मको मतगणनामा मिश्रले २ हजार ६१५ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी प्रकाशमान सिंहले २ हजार ३४० मत पाएका छन्। एमालेका किरण पौडेलको १४४० मत रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १३६५ मत प्राप्त गरेका छन् भने नेपाल सुशासन पार्टीका रमेश खरेलले १ सय ३५ मत प्राप्त गरेका छन्।