सोमबार, भदौ १६, २०८२

मोरङका कुन उम्मेदवारले कहाँबाट मतदान गरे?

मोरङका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

विराटनगर- मोरङका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।

विहान ७:३० वजे एमाले स्थायी कमिटी सदस्य तथा क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डित विराटनगर १२ मा रहेको महेन्द्र बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालाले आदर्श मावि मतदान केन्द्रबाट बिहान साढे ७ बजे मतदान गरेका हुन्।

क्षेत्र नम्बर ४ का एमाले प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले विराटनगर ५ को आधारभूत विद्यालयबाट मतदान गरेका छन्। क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका प्रतिनिधिसमा उम्मेदवार सुनिल शर्माले बेलबारी ४ को पञ्चज्योति आधारभूत विद्यालयबाट मतदान गरेका छन्। क्षेत्र नम्बर ५ का जनता समाजवादी पार्टीका प्रतिनिधिसभा उम्मेदवार राजकुमार यादवले विराटनगर १३ को बाल मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

प्रदेशसभा तर्फ मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगर १० को संसारीमाईस्थान मतदान केन्द्रबाट मतदान गरेका छन्। ५ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्यालले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन्। मोरङ ६ (ख) का एमाले उम्मेदवार पर्शुराम बस्नेतले विराटनगर ११ को जनपथ मावि मतदान केन्द्रबाट र एमाले ६ (क) की उम्मेदवार रिता न्यौपानेले बुढीगंगा २ को लीलाभक्ता आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी छन्। 

नेपाली कांग्रेस नेतृ डिला संग्रौलाले विराटनगर ११ को जनपथ मावि मतदान केन्द्रबाट मतदान गरेकी छन्। 

मोरङका अन्य प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारहरूले मतदान गर्ने क्रम जारी छ।

प्रकाशित: Nov 20, 2022| 09:45 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...