बुटवल- प्रतिनिधिसभामा रूपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा सूर्यवंशीले बुटवल-८ स्थित सडक डिभिजन कार्यलयमा मतदान गरेका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका थापाले बिहानै मतदान गरेका हुन्। पौडेलले पनि यहि मतदान केन्द्रमा मत दिनेछन्।