सोमबार, भदौ १६, २०८२

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका-१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर प्रचण्डले विहान सात बजे मतदान गरेका हुन्।

प्रचण्डले पहिलो मतदान गरेका हुन्। यस मतदानस्थलमा १७ सय ७ मतदाता रहेका छन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै गोरखाबाट चितवन पुगेका थिए। 

२०७४ सालको निर्वाचनमा प्रचण्ड यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए। तर, अहिले त्यहाँ असुरक्षित देखेपछि गोरखा २ बाट उम्मेदवार बनेका छन्।

प्रकाशित: Nov 20, 2022| 07:26 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...