सोमबार, भदौ १६, २०८२

मतदान गर्न प्रचण्ड चितवनमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गर्नका लागि चितवन पुगेका छन्।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गर्नका लागि चितवन पुगेका छन्। 

आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै गोरखाबाट चितवन पुगेको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताए।

उनले प्रचण्ड चितवन पुगेको जानकारी गराउँदै फेसबुकमा लेखेका छन्, ‘चितवन ३ शिवनगरस्थित मतदान केन्द्रमा मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपराह्न चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ।’

२०७४ सालको निर्वाचनमा प्रचण्ड यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए। तर, अहिले त्यहाँ असुरक्षित देखेपछि गोरखा २ बाट उम्मेदवार बनेका छन्।

प्रकाशित: Nov 20, 2022| 07:12 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...