बिहीबार, असार १२, २०८२

महेश आचार्यको दमदार शब्दमा आयो ‘मलाइ म जस्तै बन्न देऊ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

गीतकार महेश आचार्यले नेपाली संगीतमा नै फरक धार दिने गरी लेखेको गीत ‘मलाइ म जस्तै बन्न देऊ’को भिडियो सार्वजनिक भएको छ । 

महेशको यो दमदार शब्दलार्इ गायक शिव परियारले सुमधुर आवाजले कर्णप्रिय बनाएका छन् । यो गीतको शब्द र आवाजलार्इ हेर्दा नेपाली सुगम सङ्गीतमा नयाँ मोड देखिन्छ ।

सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक भएको यो भिडियो समाचार तयार पार्दा सम्म दुर्इ लाख ३१ हजारले हेरेका छन् । महेशको शव्द रहेको यो गीतमा शिव आफैंले स्वर र संगीत भरेका छन् । 

भिडियोका लागि सुजु पाण्डेले शृङ्गार गरेकी छन् । 

सुजिल कर्माचार्यले इडिएम भर्सनमा संयोजन गरेर तयार पारेको भिडियो प्रदर्शन उन्मुख चलचित्र कथा काठमाडौंकी निर्देशक तथा सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशनमा तयार भएको हो । भिडियोमा कृतिका काफ्लेको अभिनय छ ।

ई डी एम् भर्सनमा बनाइएको यो गीतको भिडियो युवा पुस्ताले धेरै रुचाएको पाइएको गीतकार आचार्यले बताए ।

 आफूले कलेज पढ्ने अहिलेका युवाको भावनालार्इ समेटेर लेखेको गीत नेपाली युवाको रोजाइमा पर्ने आशा गरेको उनको दावी छ । गीतका हरेक वाक्यले युवापुस्ताको मनोभावनालाई केलाउन सकेको गीतकार आचार्यको भनार्इ ।

अहिले सम्म हेरिएका म्युजिक भिडियो मध्ये हेर्दै फरक अनुभूति दिने यो भिडियोले नयाँ सन्देश दिने युवा पुस्ताको अपेक्षा छ ।

गीतको भिडियो हेर्नुहोस्
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्