आइतबार, भदौ २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ईश्वर पोखरेलको सचिवालयले भन्यो- हारको मानसिकताले चरित्रहत्या गरियो

ईश्वर पोखरेलको सचिवालयले भन्यो- हारको मानसिकताले चरित्रहत्या गरियो

नेकपा एमाले काठमाडौं-५ को निर्वाचन परिचालन कमिटीले प्रदेशसभा उमेदवार पक्राउ प्रकरण हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना भएको प्रष्टीकरण दिएको छ।
 |  शनिबार, मंसिर ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३, २०७९

काठमाडौं- नेकपा एमाले काठमाडौं-५ को निर्वाचन परिचालन कमिटीले प्रदेशसभा उमेदवार पक्राउ प्रकरण हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना भएको प्रष्टीकरण दिएको छ। 

'नेकपा एमाले काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेशसभा सदस्यका उमेदवार दीपक निरौला, बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ बूढानीलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पार्टी शुभेच्छुकसमेत रहेका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको त्यस्तो हर्कतको भत्र्सना गर्ने विज्ञप्तिमा उल्लेख छ। साथै, विज्ञप्तिमार्फत एमालेले प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। 

'कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ । हामी आरोप लगाउनेहरुलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ।

साथै, यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्तामा पोखरेलको सचिवालयले अपील गरेको छ।

प्रकाशित: Nov 19, 2022| 07:02 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...