सोमबार, भदौ २३, २०८२
सोमबार, भदौ २३, २०८२

ब्रुनोको दुई गोलमा पोर्चुगलको सानदार जित

कतारमा विश्वकप सुरु हुनुअघि सबै सहभागी टिमले मैत्रीपूर्ण खेल खेलिरहेका छन्। यसैक्रममा बिहीबार राति सम्पन्न भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० ले हराएको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

काठमाडौं- कतारमा विश्वकप सुरु हुनुअघि सबै सहभागी टिमले मैत्रीपूर्ण खेल खेलिरहेका छन्। यसैक्रममा बिहीबार राति सम्पन्न भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० ले हराएको छ।

पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई गो गरेपछि उसले सहज जित निकालेको हो। ब्रुनोले पहिलो गोल खेलको नवौं मिनेटमै गरेका थिए। उनले दोस्रो गोल भने ३५औं मिनेटमा गरे।

पोर्चुगलका लागि बाँकी गोल कोन्कालो रामोस र जोआ मारियोले गरेका थिए। विश्वकप अघिका यस्तै मैत्रीपूर्ण खेलमा हंगेरीले लक्जम्बर्गलाई २-२ को बराबरीमा रोक्न सफल भएको छ। 

त्यस्तै, अघिल्लो दिनको खेलमा भने स्पेनले जोर्डनलाई ३-१ ले हराएको छ। जहाँ स्पेनका लागि अन्सु फाति, गाभी र निको विलियम्सले गोल गरेका थिए।

यता घानाले चाहिँ स्विट्जरल्यान्डलाई हराएको छ। घानाले गरेको दुई गोलका विरुद्ध स्विट्जरल्यान्डले गोल फर्काउन सकेन। त्यस्तै, जापानले क्यानाडासँग हार बेहोरेको छ। यि चारै देशले विश्वकप खेल्दैछन्।

प्रकाशित: Nov 18, 2022| 09:15 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।