बुधबार, जेठ १, २०८२

यसकारण संसद्‍मा आवश्यक छन् गगन र विश्वप्रकाश

तीन पटक संसद्को यात्रा तय गरिसकेका महामन्त्री गगन थापाले सरकारमा रहँदा होस् वा प्रतिपक्षमा रहँदा होस्। जनताका आवाजलाई मात्र नभई आफ्नै पार्टी कांग्रेसभित्रका बेथिति, विकास निर्माणमा हुने ढिलासुस्ती र छिमेक सम्बन्धमा मुखर रूपमा बोले। अर्का महामन्त्री विश्वप्रकाश शर्माले संसद्‍मा अनुमोदित हुन अवसर नपाए पनि सडक र सार्वजनिक मञ्चमा जनताका आवाजलाई सार्वजनिक गरिरहे।
 |  बिहीबार, मंसिर १, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, मंसिर १, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा हालसम्म संसद्‍मा सँगै देखिएका छैनन्। कांग्रेसको गत वर्ष मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका यी दुई नेता संसद्‍मा पनि सँगै देखिने संयोग जुर्न सकेको छैन। गगन एक पटक समानुपातिकबाट र दुई पटक प्रत्यक्ष निर्वाचित भएर संसद् छिरिसकेका छन्। तर संसद्‍ छिर्न दुई पटक चुनाव लडेका विश्वको प्रयास सफल हुन सकेको छैन। उनी तेस्रो पटक अनुमोदित हुन जनतामाझ उभिएका छन्। गगन काठमाडौं–४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्; उनका मुख्य प्रतिस्पर्धी मानिएका छन् एमालेका राजन भट्टराई। शर्मा झापा-१ मा एमालेका अग्नि खरेलसँग प्रतिस्पर्धा गर्दै छन्। ४ मंसिरमा मतदाताले गर्ने निर्णयले उनीहरूको स्थान निर्धारण गर्नेछ।

आशा गरिएका दुई युवा नेताको संसद्‍मा उपस्थिति अपेक्षित छ। महामन्त्रीमा निर्वाचित हुनेबित्तिकै शर्माले भनेका थिए, ‘गगन र म हल बाँधेर पार्टी सञ्चालन गर्छौं।’ महामन्त्री निर्वाचित भएको एक वर्षे अवधिलाई हेर्ने हो भने दुवै जनाबीच संघर्ष देखिएको छैन, बरु सहकार्यको हात एकअर्कासामु फैलाएको देखिन्छ। अब महामन्त्रीद्वय संसद्‍मा पनि हल बाँधेर जाने सम्भावना अधिक छ। हरेक विषयमा प्रष्ट रूपमा आफ्ना विचार र तर्कशील क्षमताका दुई युवा नेता संसद्‍मा हुँदा संसदीय अभ्यास र गरिमाले थप उचाइ लिने अपेक्षा गर्नेहरू पार्टीबाहिर पनि छन्। 

संसद् नीति निर्माण गर्ने थलो हो। नीति निर्माणका लागि र जनजीविकाका मुद्दादेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय एजेन्डामा तथ्यपरक तरिकाले प्रस्ट धारणा राख्ने सामथ्र्य महामन्त्रीद्वयमा देखिन्छ। गगन यो विषयमा प्रमाणित भइसकेका सांसद् हुन्। भलै, विश्वप्रकाशलाई संसद्‍मा पुग्ने सौभाग्य प्राप्त नभएको होस्। तर उनले एजेन्डा केन्द्रित भएर दिने अभिव्यक्तिले त्यसको पुष्ट्याइँ गरिसकेको छ। 

प्रकाशित: Nov 17, 2022| 17:34 बिहीबार, मंसिर १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...