मंगलबार, वैशाख १६, २०८२

गायक प्रकाश दुतराज भन्छन्- केही छिन हराउनु मर्नु होइन

गायक प्रकाश दुतराजले आफूले आत्महत्याको प्रयास गरेको भन्ने खबर झुटो भएको बताएका छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- गायक प्रकाश दुतराजले आफूले आत्महत्याको प्रयास गरेको भन्ने खबर झुटो भएको बताएका छन्। कन्सर्टका लागि अस्ट्रेलियामा रहेका दुतराजले आत्महत्याको प्रयास गरेको भन्दै समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा एक सन्देश लेख्दै दुतराजले आफू केही छिन हराउँदा त्यसलाई मर्न खोजेको भनेर प्रचार भएको गुनासो गरेका छन्। 

गलत बुझाइ तथा सूचनाको आधारमा आफूले आत्महत्याको प्रयास गरेको भन्ने समाचार फैलिएको पनि दुतराजको भनाइ छ। 

‘कहिलेकाहिँ हराइदिन्छु, यसै यसै। कहिले हरियाली पाखा पखेरी, उकाली-ओराली चौतारी अनि देउरालीहरुसँगै। कहिँ उजाड बगर, मरुभूमिहरुसँगै बालुवा झैं उडिदिन्छु। कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराइमा पुर्‍याइ डुबाइदिन्छन्,’ दुतराजले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले आफूलाई कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौसम्म थुनिदिने र हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन नसकेको बताएका छन्। 

'यसलाई रोग भनु या मेरो विशेषता। यहि कारण पनि म आफूले आफैलाई दुखी बनाउँछु। धेरै समाचारहरु हेरेँ, पढे अलिक अप्ठ्यारो असजिलो महसुस गरे। म केही छिन हराउनु म मर्नु हैन नि!,’ उनले लेखेका छन्।

Metro Mart
worldlink

आफूले आत्महत्या गर्न खोजेको समाचार प्रकाशित भएको समाचार आएपछि आमाले फोन गरेर चिन्ता व्यक्त गरेको दुतराजले उल्लेख गरेका छन् । 

‘बोली मधुरो पार्दै आमाले फोन गर्नुभएको थियो। सानो दु:खले जन्माएको हुर्काएको होइनौं नि तिमीहरुलाई।   माया गर्नेहरुको आँसुले सराप्छ। कसरी मार्न सक्थे र यो शरीरलाई,’ दुतराजले लेखेका छन्।  

यस्तो छ दूतराजले सामाजिक सञ्जालमा लेखेको सन्देश:

कहिलेकाहिँ हराइदिन्छु, यसै यसै  

कहिले हरियाली पाखापखेरी, उकाली–ओराली चौतारी अनि देउरालीहरुसँगै 

कहिँ उजाड बगर, मरुभूमिहरुसँगै बालुवा झैं उडिदिन्छु  

कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराइमा पुर्‍याइ डुबाइदिन्छन्  

कहिले अँध्यारो बन्द कोठाभित्र घण्टौसम्म आफैँलाई थुनिदिन्छु  

हजारौं कोसिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन। 

यसलाई रोग भनु या मेरो विशेषता।

यहि कारण पनि म आफूले आफैलाई दु:खी बनाउँछु। 

धेरै समाचारहरु हेरेँ, पढेँ अलिक अप्ठ्यारो असजिलो महसुस गरे। 

म केही छिन हराउनु म मर्नु हैन नि ! 

बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो, सानो दु:खले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई  

माया गर्नेहरुको आँसुले सराप्छ।

कसरी मार्न सक्थे र यो शरीरलाई। 

गलत बुझाइ तथा सूचनाको आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नुहुने, सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असरप्रति क्षमा माग्दछु। 

सधैं सधैं तपाईंहरुकै मनभित्र बसिरहन खोज्ने तपाईंहरुकै प्रिय कलाकार,

प्रकाश दुतराज।

प्रकाशित: Nov 08, 2022| 08:56 मंगलबार, कात्तिक २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्