मंगलबार, वैशाख १६, २०८२

'सपना छाडेर वास्तविकता अँगालेको घोषणापत्र'

घोषणापत्रमा महत्वाकांक्षी योजना/आयोजना, जनजीविकामा कुनै असर नगर्ने र ५ वर्षमा पूरा गर्न नसकिने प्रतिबद्धतालाई कम स्थान दिइएको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा ५ वर्ष (संसदको कार्यकाल)मा पूरा गर्न सकिने मुद्दा मात्र समावेश गरिएको बताएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन्। 

घोषणापत्रमा महत्वाकांक्षी योजना/आयोजना, जनजीविकामा कुनै असर नगर्ने र ५ वर्षमा पूरा गर्न नसकिने प्रतिबद्धतालाई कम स्थान दिइएको छ।

कांग्रेसको घोषणापत्रमा यसअघिको संसदीय निर्वाचनमा नेकपा एमालेले 'उडन्ते' र महत्वांकाक्षी सपना मात्र देखाएर भोट बटुल्ने अभीष्ट मात्र राखेको संकेत गरिएको छ। उसले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले जनजीविकाका मुद्दामा काम नगरेको तर ठूला सपनाको दुहाइ मात्र दिएको आरोप लगाएको छ। चुनावपछि ओली नेतृत्वमा बनेको सरकारले ४१ महिनाको समय खेर फालेको समेत आरोप लगाइएको छ। 

ठूला सपना बाँढ्ने होडबाजीलाई गत स्थानीय तहको निर्वाचनका लागि बनाएको घोषणापत्रमा नै 'ब्रेक' गरेको छ। कांग्रेसले सम्बन्धित कार्यकालमा कार्यान्वयन गर्न नसकिने ठूला सपना बाँड्न छाडेको छ। घोषणापत्र निर्माण समितिमा रहेका कांग्रेस नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्लेले धरातलीय यथार्थमा टेकेर घोषणापत्र ल्याइएको बताएका छन्। कांग्रेसले घोषणापत्रलाई ‘निरन्तरतामा नवीनता’को रुपमा अर्थ्याउँदै भनेको छ, ‘गगनचुम्बी भवन होइन, मान्छेका भावना समेट्न चाहान्छौं।’ कांग्रेसले घोषणापत्रलाई संकल्पपत्र भनेको छ। 

घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले समुन्नतिका सन्दर्भमा मानिसका केन्द्रमा राखेर संकल्पपत्र ल्याएको बताएका छन्। उनले भनेका छन्, ‘समुन्नतिको सन्दर्भमा मानिसलाई केन्द्रमा राखेका छौं। घोषणापत्र गर्दै गर्दा सस्तो कुरामा केन्द्रित हुने र निर्वाचनलाई प्रभावित गर्ने मात्र कुराबाट हामी मुक्त छौं।’ 

Metro Mart
worldlink


प्रकाशित: Oct 29, 2022| 17:25 शनिबार, कात्तिक १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...