बुधबार, जेठ १, २०८२

पञ्चायतकालीन सारथिको भिडन्तबाट डीनाले उठाउलिइन् फाइदा?

२०५१ को मध्यावधि चुनावमा बाहेक कहिल्यै उनले जितको फूलमाला लगाउन पाएका छैनन्। यता, सिंह र डीनाको विगत पनि उस्तै छ, सधैँ उम्मेदवार बनेका यी दुईले हालसम्म एकपटक पनि जित निकाल्न सकेका छैनन्।
 |  आइतबार, कात्तिक ६, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं- गत स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको त्रिपक्षीय भिडन्त रोचक देखियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, नेकपा एकीकृत समाजवादीकी मीना लामा र नेकपा एमालेका अनन्त पौडेलबीच मेयरका लागि भएको प्रतिस्पर्धाको मतगणनामा एकपछि अर्कोले अग्रता लिने गरेकाले नेपाली राजनीतिको ध्यान हेटौँडाले आकर्षित गरेको थियो। 

मतगणना प्रतिस्पर्धात्मक भएपनि अन्तिम नतिजा सार्वजनिक हुँदा समाजवादीकी लामाले २३ हजार ७५ मत ल्याएर प्रमुखमा विजयी भइन्। कडा काउन्टर दिएका पौडेलले २० हजार ९०८ र सिंहले २० हजार ५३१ मत ल्याए। 

उक्त क्षेत्रमा आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः कडा भिडन्त हुने निश्चित देखिएको छ। मकवानपुर-१ मा राप्रपाको टिकट लिएर सिंह पुनः मैदानमा छन्, एमालेको सूर्य चिह्न बोकेर उनका प्रतिस्पर्धी बनेका छन्, पञ्चायनकालीन सारथी कमल थापा। यता, सत्ता गठबन्धनले महालक्ष्मी उपाध्याय 'डीना'लाई आफ्नो साझा उम्मेदवारका रूपमा अघि सारेको छ।

पञ्चायतकालदेखि हालसम्म सधैँ सबै व्यवस्थाको लाभ लिएका थापा सधैँ चुनाव लडिरहने तर हारिरहने राजनीतिक पात्र हुन्। २०५१ को मध्यावधि चुनावमा बाहेक कहिल्यै उनले जितको फूलमाला लगाउन पाएका छैनन्। यता, सिंह र डीनाको विगत पनि उस्तै छ, सधैँ उम्मेदवार बनेका यी दुईले हालसम्म एकपटक पनि जित निकाल्न सकेका छैनन्। सधैँ चुनाव लडिरहेका तर हारिरहेका यी तीन नेताबीचको भिडन्तका कारण रोचक छ।

Metro Mart
worldlink
पञ्चायतकालदेखिका सारथी, अहिले प्रतिस्पर्धा
राजा महेन्द्रका बफादार कर्णेल क्षेत्रबहादुरका छोरा थापा बाल्यकालदेखि नै राजपरिवार निकट भए। कक्षा ९ मा हुँदा नै ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’को अध्यक्ष बनेर राजनीतिमा हाम फालेका उनलाई राजपरिवार निकट भएकैले २०४६ सालमै सिंहदबार छिर्ने मौका जुरेको थियो। राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री मरिचमान सिंहको मन्त्रीमण्डलमा सञ्चार राज्यमन्त्री बनाएका थिए। त्यसको गुण तिर्न थापा प्रधानमन्त्री सिंह, राष्ट्रिय पञ्चायतकका अध्यक्ष नवराज सुवेदी र गृहराज्यमन्त्री निरञ्जन थापासँग मिलेर पञ्चायतविरुद्धको आन्दोलन दबाउन सशक्त रुपमा लागे। 

त्यसबेला थापाको विश्वासपात्रका रुपमा उनी पछाडि थिए अहिले उनीसँगै प्रतिस्पर्धा गर्न लागेका दीपकबहादुर सिंह। थापा र सिंहको दोस्तियारी राप्रपा गठन हुनुभन्दा पनि एक दशक पुरानो हो। २०४७ मा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दद्वारा गठित राप्रपाबाट संयुक्त सहकार्य गरेका थापा र सिंह ३२ वर्षसम्म एकै दलमा रहेर बलियोसँग एकअर्कासँग सहकार्य गरे। 

२०५३ मा राप्रपा-एमालेबीच गठबन्धन भई लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बनेको सरकार ढाल्न कांग्रेसले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने गरी राप्रपा–कांग्रेसबीच गठबन्धनको प्रस्ताव गर्‍यो। उक्त प्रस्तावको पक्षमा बलियोसँग उभिएका थापा त्यसयता सधैँ नेपाली राजनीतिमा शक्तिको नजिक छन्। आफूलाई छाडेर थापाले सूर्यबहादुरलाई साथ दिएपछि त्यसबेला चन्दले उनलाई इंगित गर्दै भनेका थिए, ‘जहाज डुब्न लागेको थाहा पाएपछि सबैभन्दा पहिले मुसाहरु जहाज छाडेर जान्छन्।’ चन्दले थापालाई लगाएको उक्त ‘मुसाप्रवृत्ति’को ट्याग आज पनि उस्तै छ। 

प्रकाशित: Oct 23, 2022| 18:12 आइतबार, कात्तिक ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...