मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटबल फाइनलमा दुई पटक राष्ट्रगान, पेनाल्टी सुटआउटमा एपीएफलाई स्वर्ण

फुटबल फाइनलमा दुई पटक राष्ट्रगान, पेनाल्टी सुटआउटमा एपीएफलाई स्वर्ण

खेलको पहिलो हाफको सुरुवाती समयमा आर्मीले दबाब बनाउँदै गोलका प्रयासहरु गरे पनि गोल गर्न सकेन। खेलको तेस्रो मिनेटमै नवयुग श्रेष्ठले फ्ल्यांकमा दिएको पासलाई दिनेश हेन्जनले ट्याकल गर्न गर्न नसक्दा एपीएफका डिफेन्डरले सहजै खोसेर बाहिर प्रहार गरेका थिए।
 |  बिहीबार, कात्तिक ३, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, कात्तिक ३, २०७९

पोखरा– खेलको निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएको खेलमा अतिरिक्त ३० मिनेटमा पनि गोल भएन। खेल पेनाल्टी सुटआउटमा पुग्‍यो। पेनाल्टीमा आर्मीलाई ६-५ ले हराउँदै एपीएफले स्वर्ण पदक जित्यो। 

बिहीबारको फाइनल खेलमा दोस्रो हाफ सुरु हुनुअघि पनि सबैलाई राष्ट्रगान सुनाइएको थियो। दोस्रो पटक राष्ट्रगान बजेपछि सबैले खेलमा समर्थक, खेलाडी र उपस्थित सबैले सम्मान प्रकट गरेका थिए। खेल सुरु हुनुअघि नै राष्ट्रगान सुनाइए पनि नवौं राष्ट्रिय खेलकुदका समापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा फुटबल फाइनलको हाफ टाइममा मात्र पुगेपछि फेरि राष्ट्रगान बजाइएको थियो।

यता खेलमा सडन डेथ (पेनाटी सुटआउट) मा पुगेपछि दुवै टिमतर्फ सुरुका पाँच खेलाडीमध्ये चार खेलाडीले गोल गरे। सडन डेथमा आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा, विवेक बस्नेतले गोल गरे। सेसेहाङ आङ्देम्बेले गोल गर्न सकेनन्। थपिएको संख्यामा विकास खवासले गोल गरे पनि सुमन अर्यालले गोल गर्न नसकेपछि आर्मीले पेनाल्टीमा पाँच गोल पुर्‍यायो। 

यता एपीएफका नविन लामा, आवास लामिछाने, सुदिप शिखाकर, राजु नगरकोटीले गोल गरे भने समिसले गोल गर्न सकेनन्। अर्को पालीमा दिपेश धिमाल र मणी कुमार लामाले गोल गरेर एपीएफलाई जित दिलाए। यससँगै पेनाल्टी सुटआउटमा एपीएफले ६–५ को जित निकालेर फुटबलमा स्वर्ण जित्यो। एपीएफले प्रतियोगिताको अन्तिम स्वर्णपदक जितेपछि नवौं राष्ट्रिय खेलकुद पनि समापन भएको छ।

खेलको पहिलो हाफको सुरुवाती समयमा आर्मीले दबाब बनाउँदै गोलका प्रयासहरु गरे पनि गोल गर्न सकेन। खेलको तेस्रो मिनेटमै नवयुग श्रेष्ठले फ्ल्यांकमा दिएको पासलाई दिनेश हेन्जनले ट्याकल गर्न गर्न नसक्दा एपीएफका डिफेन्डरले सहजै खोसेर बाहिर प्रहार गरेका थिए।

Metro Mart
worldlink

नवौं मिनेटमा भने आर्मीले गोलको सम्भावित सबैभन्दा निजकको बिन्दुमा गोल गर्न सकेन। दिनेशले नवयुगलाई दिएको पासमा पोस्टअघि रहेका नवयुगले प्रहार गर्न सकेनन्। यसपटक पनि एपीएफका खेलाडीले बल क्लियर गरे। 

खेलको १४ औं मिनेटमा सिमान्त थापाले दिएको पासलाई नवयुगले एक्रोब्याटिक सट प्रहार गरेका थिए। तर, यसबेलामा गोल पोस्टको छेउबाट बाहिरियो। पहिलो हाफमा आर्मीले यसबाहेक पनि धेरै अवसर पाएको थियो। तर उसका सबै प्रयासहरु खेर गए। गोल गर्ने उसको मात्र होइन, एपीएफको प्रयास पनि सफल भएको थिएन।

यता एपीएफले पहिलो हाफको २० औं मिनेटपछि केही अवसर बनायो। तर उसले पनि सदुपयोग गर्न सकिरहेको थिएन। ३३ औं मिनेटमा मणि कुमार लामाले उत्कृष्ट प्रहार गरे पनि उनी अफसाइड रहे। ३५ औं मिनेटमा एपीएफले दायाँ साइडबाट गरेको प्रहारमा पनि ऊ सफल भएन। 

दोस्रो हाफमा पनि आर्मी र एपीएफले गल्ती दोहोर्‍याए। ६२ औं मिनेटमा अर्को पटक चुकेको आर्मीले ६५ औं मिनेटमा पनि गोल गर्न सकेन। फरवार्ड जर्ज प्रिन्स कार्कीले गरेको सिधा प्रहार गोलकिपर राजु नगरकोटीले सहजै समाते। दिनेश हेन्जनको एक्रोब्याटिक क्रसमा पनि आर्मीले गोल गर्न सकेन।

दोस्रो हाफ दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाए। मैदानको बीचमा दुई टिमका खेलाडीबीच टकराब भएपछि आर्मीका पदम तामाङ र एपीएफका प्रदिप लामाले रातो कार्ड पाए। त्यसअघि एपीएफले धेरै राम्रा अग्रसरमा गोल गर्न सकेन। मणि कुमार लामाले गरेको निशै शक्तिसाली प्रहारलाई डिफेन्डर सुमन अर्यालले गोललाइन नजिकैबाट हेड गरेर बचाए। बिकु तामाङले आर्मीका गोलकिपर विकेश  कुथुको छेउबाटै प्रहार गर्न खोजे पनि सकेनन्।

खेलको ६० औं मिनेटमा हरी कार्कीले अर्को उत्कृष्ट प्रहार गरे। यो प्रहारमा गोलकिपर कुथुले मुस्किलले बचाएका थिए। ७२ औं मिनेटमा दुवै टिम १० खेलाडीमा समेटिएपछि भने खेल केही फिजिकल भएको थियो।

त्यसपछि पनि एपीएफको दुई प्रहार पोस्ट माथिबाट बाहिरियो। जर्ज प्रिन्सले इन्ज्युरी समयमा पोस्टनजिकै पाएको फ्री-किकमा बललाई पोस्टको दिशा दिए पनि गोल हुन सकेन। निर्धारित ९० मिनेटसम्म गोल हुन नसकेपछि १५ मिनेटका दुई हाफ खेलाइएका थिए।

महिला फुटबलमा एपीएफलाई स्वर्ण 

प्रकाशित: Oct 20, 2022| 18:23 बिहीबार, कात्तिक ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।