मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • म्याराथनका स्वर्ण विजेता अनिश भन्छन् – भारतीय सेनामा छु, देशले बोलाउनेबित्तिकै फर्किन्छु

म्याराथनका स्वर्ण विजेता अनिश भन्छन् – भारतीय सेनामा छु, देशले बोलाउनेबित्तिकै फर्किन्छु

अनिशले म्याराथन (४२.१९५ किलोमिटर दूरी) २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।
 |  मंगलबार, कात्तिक १, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, कात्तिक १, २०७९

पोखरा– एथ्लेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले घरेलु मैदानमा स्वर्ण पदक जिते। जितले उनको र उनको परिवारमा खुसी ल्याएको छ। खेलपछि उनले खुसी साटे, ‘मेरो लागि यो घरेलु मैदानमा खेलेको पनि हो। मेरो परिवारले पनि सोचेको थियो कि जित्नुपर्छ भन्ने। मैले उहाँहरुको कामना पूरा गर्न सकेँ।’

अनिशले म्याराथन (४२.१९५ किलोमिटर दूरी) २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए। तीमध्ये पहिलो पटक राष्ट्रिय खेलकुदमा म्याराथनमा प्रतिस्पर्धा गरेका उनले स्वर्ण पदक जिते। ‘मैले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक म्याराथन खेलेको हो। यसपहिले मिडिल डिस्टेन्समा दौडिरहेको हुन्थेँ,’ उनले सुनाए।उनी खासमा १० हजार मिटरका खेलाडी हुन्। भारतीय आर्मीमा १० किलोमिटरमा अभ्यास गरिरहेका उनी त्यहाँ त्यहि प्रतियोगितामा भाग लिन्छन्।

तर अहिले उनले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन्। यो प्रतियोगिता जितेपछि उनलाई राष्ट्रिय टिममा बोलाउने सम्भावना हुन्छ। बोलाएको अवस्थामा फर्किने हो त? ‘मैले जितेको छु। यहाँको संघले राष्ट्रिय टिममा बन्द प्रशिक्षणमा बेलाउने सम्भावना रहन्छ नै। यदि बोलाएको अवस्थामा म फर्किनेछु। अन्तर्राष्ट्रियमा खेल्न पाउनु भनेको अवसर हो,’ उनले आफ्नोबारे जानकारी दिएका छन्।

यसअघि आर्मीकै दुर्गबहादुर बुढाले स्वर्ण जिते पनि उनी नेपालबाट अन्तर्राष्ट्रिय खेल्नुको साटो भारतबाट खेलेका थिए। उनले पनि त्यसै गर्न सक्ने सम्भावना रहन्छ कि भनेर उक्त प्रश्न गरिएकोमा उनले नेपालबाटै खेल्ने बताएका हुन्। म्याराथनमा त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते। उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे। सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दुरी पूरा गर्दै कास्य पदक जिते । 

राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्डसमेत हो। उनी गण्डकी प्रदेशको ट्रायलमा पनि नेपाल आएका थिए। त्यसपछि प्रतियोगितामा। भारतमा चाहिँ उनले त्यहाँको अन्तरिक प्रतिस्पर्धामा खेलिरहेका छन्। उनले भने, ‘भारतीय आर्मीको आन्तरिक प्रतिस्पर्धामा खेलिरहेको हो। त्यहाँको प्रतिस्पर्धा टफ रहेको छ। अनि विभागमा खेलेको हो। त्यहाँबाट गण्डकीको ट्रायलको लागि पनि आएको थिएँ।’

Metro Mart
worldlink

पर्वत घर भएका उनी इन्डियन आर्मीमा लागेको १३ वर्ष भयो, उनी चाहिँ ३३ वर्षका भए। अहिले उनी दुई घण्टा १६ मिनेटमा म्याराथन दौडने हिम्मत राख्छन्। भन्छन्, ‘म्याराथन रनिङ गर्न सक्ने क्षमता दुई घण्टा १६ मिनेट भए पनि आज दुई घण्टा २२ मिनेट लागेको छ। आजको समय सोचेको जस्तो भएन। रुट चाहिँ राम्रो थियो।’

यसअघि उनले पोखरा म्याराथन पनि खेलेका थिए। त्यो बेलामा उनी दोस्रो भए। यसअघि प्रतियोगिताहरुमा नेपाल आउने गरेका उनी अघिल्ला राष्ट्रिय खेलकुदमा पनि आएका थिए। ‘मैले यसअघि पाँचौं राष्ट्रिय खेलकुद पनि खेलेको थिएँ। त्यो चाहिँ मध्यमाञ्चलबाट खेलेको हो। मैले पाँचौं, आठौं र नवौं राष्ट्रिय खेलकुद खेलेको छु। म आफ्नो जितमा त सन्तुष्ट छु,’ उनले भने।

प्रकाशित: Oct 18, 2022| 13:05 मंगलबार, कात्तिक १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।