मंगलबार, वैशाख १६, २०८२

इन्डोनेसियाको रंगशालामा भएको दंगामा १२९ जनाको मृत्यु

पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए। खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
 |  आइतबार, असोज १६, २०७९

बीबीसी

बीबीसी

आइतबार, असोज १६, २०७९

जार्कता- इन्डोनेसियाको पूर्वी जाभास्थित फुटबल रंगशालामा भएको दंगामा परी १२९ जनाको मृत्यु भएको छ। पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए। खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

सोही क्रममा भागदौड हुँदा कम्तीमा १२९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। घटनामा करिब १८० जनाभन्दा बढी घाइते भएका छन्।

सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियोहरुमा खेल सकिएको जनाउमा सिटी बजिसकेपछि समर्थकहरु पिचमा दौडिएका हुन्। उनीहरुलाई रोक्न प्रहरीले  प्रहार गरेको अश्रुग्यासबाट निसासिएका उनीहरुबीच भागदौड सुरु भएको थियो। 

पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्ताका अनुसार घटनामा दुई जना प्रहरीको पनि मृत्यु भएको छ। ‘३४ जनाको रंगशालाभित्रै मृत्यु भएको हो। अरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,’ उनले भने। उनका अनुसार रंगशालामा अक्सिजनको कमि भएका कारण उनीहरुको मृत्यु भएको हो।

विश्‍वको फुटबल नियामक निकाय फिफाले भने भिड नियन्त्रण गर्ने प्रहरी अथवा सुरक्षाकर्मीले मैदानमा अश्रुग्यास बोक्‍ने नहुने बताएको छ। इन्डोनेसिया फुटबल एसोसियसनले घटनाको अनुसन्धान सुरु गरेको बताएको छ। 

Metro Mart
worldlink

इन्डोनेसियाको फुटबलमा हिंसा हुने हुँदा पर्सीबाया सुरबायाको समर्थकहरुलाई भने टिकटमा नै रोक लगाइएको थियो। यद्पि उक्त रंगशालामा ३८ हजारको सिट क्षमता भए पनि ४२ हजार हजार टिकट बिक्री भएको बताइएको छ। 

राष्ट्रपति विडोडोले मुलुककै 'दुखान्त फुटबल' भएको बताएका छन्। सन् १९६४ मा लिमामा भएको पेरु र अर्जेन्टिनाको ओलम्पिक क्‍वालिफायरमा भएको दंगाका क्रममा ३२० जनाको मृत्यु भएको थियो भने सन् १९८९ मा बेलयातमा भएको दंगामा ९७ जनाको मृत्यु भएको थियो। 


प्रकाशित: Oct 02, 2022| 11:42 आइतबार, असोज १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।