बिहीबार, वैशाख १८, २०८२

टिकट वितरणमा बीपीले लिएको त्यो नीति

बीपीको आत्मवृतान्तमा उल्लेख भएअनुसार उनले राष्ट्रियतामा जनताको भावना र एकतासँगको कुरा प्रस्ट पारेका छन्। राष्ट्रियता बारेको चर्चापछि २०१५ सालको चुनावी तयारीको बारेमा पुस्तकमा उल्लेख गरिएको छ। टिकट वितरणमा भएको अलमल र विवादलाई चिर्न उनी आफैं गाउँमा गएका थिए।
 |  बिहीबार, असोज १३, २०७९

विनय बाह्रकोटी

विनय बाह्रकोटी

बिहीबार, असोज १३, २०७९

इटहरी– गत भदौ १७ गते शुक्रबार मदन पुरस्कारबाट सम्मानित पुस्तक ‘बाआमा’ को लोकार्पण कार्यक्रमको साहित्यिक माहोलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा उपस्थित भए। महामन्त्री थापाभन्दा अगाडि साहित्यकार नयनराज पाण्डेले कार्यक्रमलाई सम्बोधन गरे। 

सम्बोधनको अन्त्यमा उनले भने, ‘हाम्रो गगनजी आबद्ध पार्टीले मोहम्मद अफताब आलमलाई चुनावमा लडाउँदै छ। योभन्दा ठूलो पीडा के होला र! हामीले कुनै न कुनै समय यो पीडालाई पनि लेख्नेछौं।’ 

त्यसलगत्तै सम्बोधन गर्नै क्रममा महामन्त्री थापाले आश्वस्त पार्दै भने, ‘यो हामीले गरेको निर्णय हो भनेर छाती ठोकेर भन्न नसक्ने निर्णय हामी गर्दैनौं।’ 

अघिल्लो दिनमात्र जिउँदै मान्छेलाई इँटाभट्टामा हालेर जलाउने अफताब आलम रौतहट–२ बाट सर्वसम्मत सिफारिस भएका थिए। साहित्यकार पाण्डेले अपराध  कर्ममा लागेका नेताहरू चुनावी तयारीमा रहेकोको आपत्ति जनाएका हुन्। 

भदौ २३ गते एक कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस रामराम भन्ने अवस्थामा पुगेको टिप्पणी गरे। कांग्रेसका योगदान गरेकाले भन्दा पैसा बाँडेर टिकट लिने र दिने काम भएको भन्दै उनले चिन्ता व्यक्त गरे। कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका यादवले टिकट किनेपछि कांग्रेस भइने र बीपी, गणेशमान, किसुनजी कसैलाई चिन्नै नपर्ने अवस्था आएकोमा दुःख व्यक्त गरेका थिए। 

Metro Mart
worldlink

पूर्वराष्ट्रपति यादव र साहित्यकार पाण्डेले कांग्रेसप्रति चिन्ता व्यक्त गरिरहँदा सोही अपराध कर्ममा लागेका नेताहरू निर्वाचनको तयारीमा लागेका छन्। गुण्डागर्दीमार्फत राजनीतिमा छिर्न लागेका बलराम सापकोटा (बले), राजु गोर्खाली, गणेश लामा, शुक्रराज तामाङ सिफारिसमा परेका छन्। जेल सजाय भोगिरहेका मोहम्मद अफताब आलमको नाम एकल सिफारिस भएको छ। भ्रष्टाचार मुद्दामा मुछिएका विजयकुमार गच्छदार र टेकबहादुर गुरुङ पनि सिफारिसमा परेका छन्। 

भदौ २४ मा कांग्रेसले बीपी कोइरालाको १०९ औं जन्मजयन्तीमा औपचारिकता निभायो। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस एक्लै चुनावमा जान नसक्ने जनाउ दिए। अन्य ४ कम्युनिस्ट दलसँगको गठबन्धन तोड्ने प्रयास भएको भन्दै आशंका व्यक्त गरे। 

गठबन्धनमा कति सिट पाउने विषय अझै मिल्न सकेको छैन। तथापि जिल्लाबाट उम्मेदवारका आकांक्षीहरू शीर्ष नेताको घरमै धाउन थालेका छन्। व्यक्तिगत साइनो र गुटको सबलीकरणको मुद्दा बोकेर नेता भेट्नेहरू अहिले पनि काठमाडौंमा छन्। गाउँका जनताको समस्या भन्दा पनि टिम कमजोर भएको र आफूले टिकट पाए टिमको विजयी हुने तर्कसहित नेताका घरमा गोप्य भेला भइरहेको छ। 

प्रकाशित: Sep 29, 2022| 14:57 बिहीबार, असोज १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...