मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सिट बाँडफाँट कार्यदलले मिलाउन नसकेका यी हुन् दर्जन निर्वाचन क्षेत्र

सिट बाँडफाँट कार्यदलले मिलाउन नसकेका यी हुन् दर्जन निर्वाचन क्षेत्र

शीर्ष नेतादेखि कार्यदलका सदस्यहरुलाई समेत प्रतिनिधिसभाको सिट टुंगो लगाउन सकस परेपछि प्रदेशसभाको सिट भागबण्डा थालेका छन्। प्रतिनिधिसभातर्फ १२ सिट बाँडफाँटमा नेताहरु अत्यन्तै सकसमा परेका छन्।
 |  सोमबार, असोज १०, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, असोज १०, २०७९

काठमाडौं– सत्ता गठबन्धनमा रहेका पाँच दलले गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा गर्नका लागि गत साउन २० गते कार्यदल बनाएर काम थालेका थिए। तर अझै सिट बाँडफाँटको टुंगो लागेको छैन।

डडेलधुरा, चितवन–३, रौतहट–१ र सप्तरी–२ कुन पार्टीलाई दिने भन्नेमा कार्यदलमा शुरुदेखि बहस नै भएन। यी क्षेत्रमा क्रमशः कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले रोजेका निर्वाचन क्षेत्र हुन्। 

शीर्ष नेतादेखि कार्यदलका सदस्यहरुलाई समेत प्रतिनिधिसभाको सिट टुंगो लगाउन सकस परेपछि प्रदेशसभाको सिट भागबण्डा थालेका छन्। प्रतिनिधिसभातर्फ १२ सिट बाँडफाँटमा नेताहरु अत्यन्तै सकसमा परेका छन्। विषेशगरी ०७४ सालको चुनावमा जुन पार्टीले जितेको हो, सो ठाउँ उसैलाई छाडिदिने मोटामोटी सहमति भएको हो। 

समानुपातिक उम्मेदवार तयपछि टुंग्याउने प्रचण्डको रणनीति 
सत्तारुढ घटकमध्येको एक नेकपा माओवादी केन्द्र भने समानुपातिकतर्फका उम्मेदवार टुंगो लागेपछि मात्र सिट बाँडफाँट टुंगो लगाउने रणनीतिमा देखिन्छ। समानुपातिक उम्मेदवार बनाउनुपर्नेहरुको व्यवस्थापन भएपछि सिट बाँडफाँटमा सहज हुने माओवादीको बुझाइ छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिट एकै पटक टुंगो लगाउने पक्षमा थिए। तर, माओवादी अध्यक्ष प्रचण्डले समानुपातिकतर्फका उम्मेदवारहरुको टुंगो लागेपछि सिट बाँडफाँट टुंगो लगाउन सहज हुने बताएछि नेताहरुले ढिलाइ गरेको स्रोतको दाबी छ।

माओवादी अध्यक्ष दाहालको प्रस्ताव अनुसार ढिलाइ गर्नका लागि नेताहरुले प्रदेशसभातर्फको सिटको टुंगो लगाउन छलफल थालेका छन्। स्रोतले माओवादी अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै भन्यो, ‘शीर्ष नेताहरुको बैठकमा प्रचण्डले समानुपातिक उम्मेदवार टुंगो लागेपछि क्षेत्रमा प्रतिनिधित्व हुन्छ र केही उम्मेदवारहरुलाई पनि समानुपातिकमा सहभागी गराउन सकिन्छ। त्यसैले प्रतिनिधिसभाको सिट टुंगो लगाउन बाँकी क्षेत्र छोडेर प्रदेशसभाको गृहकार्यमा लागौं।’

Metro Mart
worldlink

गगनको असन्तुष्टि र अन्य दलको शंका 
सिट बाँडफाँटका लागि सहमतिको मस्यौदा तयार पार्न गठन गरिएको ११ सदस्यीय कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि छन्। उनी हरेक बैठकमा सहभागी हुने गरेका थिए। थापा शीर्ष नेताको बैठकमा समेत प्रवेश पाउँथे। तर, गठबन्धन र कार्यदलको पछिल्ला तीनवटा बैठकमा गगन उपस्थित भएका छैनन्। उनको अनुपस्थितिले गठबन्धनका चार दललाई भने झस्काएको छ। गगन कांग्रेसले निर्वाचन क्षेत्र लिनुपर्दा १०० बाट घट्न नहुने अडानमा छन्। केही दिन उनी अनुपस्थित हुनुको कारण कांग्रेसलाई मनोवैज्ञानिक दबाब दिन खोजेको र धेरै लचक नहुन भनेको हुन सक्ने सन्देश दिने खोजेको रुपमा अन्य दलले लिएका छन्।

कार्यदलका एक सदस्यले भने, ‘कांग्रेसभित्र आन्तरिक दबाब होला, शेखर समूहले भनेका कुरा बाहिर सार्वजनिक भएकै छन्। समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समयसम्म लचक देखिएको कांग्रेस समानुपातिक सूची बुझाएछि अलि बढी अडानमा देखिएको छ। गगन पनि उपस्थित छैनन्। यसले अरु दलहरुलाई झस्काएको छ।’ अर्कोतर्फ गठबन्धनमा रहेका अन्य दलहरु कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको प्रारम्भिक सूचीलाई लिएर शेखर समूहमा बढेको असन्तुष्टिले पनि झस्किएका छन्। शेखर समूहले गरेको अलग्गै भेला र आन्तरिक छलफलले गठबन्धनको बैठकमा चर्चा भएको थियो। बैठकमा कतिपय नेताले खेलाँची गर्दागर्दै विद्रोह हुन सक्ने र त्यसले गठबन्धनलाई नै धक्का लाग्न सक्ने भन्दै समयमै सचेत हुन देउवालाई सुझाव दिएका थिए। 


प्रकाशित: Sep 26, 2022| 17:50 सोमबार, असोज १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...