मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।
 |  बिहीबार, असोज ६, २०७९

खिला कार्की

खिला कार्की

बिहीबार, असोज ६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन महामन्त्री महेन्द्र नारायण निधिको चुनावी क्षेत्र हो, धनुषा ४। त्यही धनुषा ४ को अधिकांश भूगोल अहिलेको धनुषा क्षेत्र नम्बर-३ मा पर्दछ। महेन्द्रनारायण निधि पुत्र एंव नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र २०५१ सालदेखि यही क्षेत्रमा चनाव लड्दै आएका थिए। निधि २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी र हाल लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए। 

२०५१ सालमा पहिलो पटक उम्मेदवार बनेको निधि २१ हजार ३४० मतका साथ निर्वाचित भए। त्यो बेलामा निधिका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्णप्रताप मल्ल थिए। उनले १६ हजार ५६३ मत पाएका थिए। एमालेकी शारदा झाले २ हजार ९४८ मत पाइन्। त्यसयता धनुषा-३ बाट निधि निरन्तर प्रत्यक्ष चुनाव लड्दै आए।

तर, यो पटक निधिले प्रत्यक्ष चुनावी मैदानमा नजाने भन्दै जिल्लाबाटै समानुपातिक तर्फका लागि नाम सिफारिस गराए। उनले चुनावी मैदान छोडेपछि यो क्षेत्र चुनावी रौनक नै फरक भएको छ। यो क्षेत्रबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्वमन्त्री जुली महतोको एकल नाम सिफारिस गरेको छ भने कांग्रेसले जिल्ला सभापति योगेन्द्र पञ्जियार, नेताहरु गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस गरेको छ।

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ। 

किन बसे निधि समानुपातिकमा?
२०५१ सालदेखि चुनाव लड्दै आएको धनुषा – ३ को चुनावी मैदान खाली गर्दै कांग्रेस पूर्व उपसभापति निधिले भने समानुपातिक रोजे। निधि २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए। त्यसअघि ०५६ मा राप्रपाका कृष्णप्रतापसँग हार व्यहोरे। तर मधेस आन्दोलनको रापतापका बेला भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा निधि १५ हजार ५८२ मतका साथ विजयी भए।

Metro Mart
worldlink

मधेस आन्दोलन शिथिल भएको बेला २०७० को चुनावमा निधिलाई सहज भयो। २०७४ मा पनि उनलाई हार्छु भन्ने लागेको थिएन। वाम गठबन्धनबाट लो-प्रोफाइलका माओवादीका राम सिंह उम्मेदवार थिए भने मधेसी मोर्चाको साझा उम्मेदवार बनेका महतो सर्लाही छोडेर पहिलो पटक धनुषामा उम्मेदवार बन्‍न आएका थिए। 

प्रकाशित: Sep 22, 2022| 16:27 बिहीबार, असोज ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...