मंगलबार, वैशाख १६, २०८२

कांग्रेस समानुपातिकका दुख : १४ लाई टिकटको आश, १९ रिटायर!

कांग्रेसबाट समानुपातिक सांसद भइसकेका कतिपय नेताले प्रत्यक्षको टिकट पाउन आफ्नै दलका नेता/कार्यकर्ता र गठबन्धन दलका नेतालाई रिझाउनुपर्ने छ। कतिपय समानुपातिक सांसद् भने रिटायर हुने तरखरमा छन्।
 |  बुधबार, असोज ५, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, असोज ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसले २०७४ सालमा समानुपातिक सांसद् बनेकालाई यसपटक समानुपातिकमा नै नदोहोर्‍याउने नीति लिएको छ। कांग्रेसले विधानको व्यवस्था अनुरुप समानुपातिक सांसद नदोहोर्‍याउने नीति अख्तियार गरेकाले बन्दसूचीमा अघिल्लो पटक समानुपातिकतर्फ सांसद् बनेका नेताहरू नदोहोरिने गरी बन्द सूची निर्वाचन आयोगमा पेस गरिएको एक पदाधिकारीले जानकारी दिए। 

यसअघि नै कांग्रेस महामन्त्री गगनकुमार थापाले भदौ ११ गते पार्टीका तल्ला निकायलाई अघिल्लो पटक समानुपातिक तर्फबाट निर्वाचित भएका व्यक्तिलाई उम्मेदवार सिफारिस नगर्न परिपत्र गरेका थिए। 

'२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्ने,' थापाद्वारा जारी परिपत्रमा भनिएको थियो। 

कांग्रेसको विधानमा एकपटक समानुपातिकबाट निर्वाचित भएको व्यक्ति लगत्तैको निर्वाचनमा समानुपातिकबाट पुनः उम्मेदवार हुन नपाउने व्यवस्था छ। पार्टी विधानको धारा ३३ (२) मा भनिएको छ,' प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन।'

प्रकाशित: Sep 21, 2022| 18:40 बुधबार, असोज ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...