मंगलबार, वैशाख १६, २०८२

साफ जित्‍ने बंगलादेशी महिला टिमको सामर्थ्यको स्रोत के हो?

टिमले गत हप्ता दक्षिण एसियाको सदाबहार च्याम्पियन भारतलाई ३-० ले हराएको थियो। त्यही टिमले त हो सोमबार राति काठमाडौंमा बलियो घरेलु टिमलाई हराएर साफमा इतिहास रच्यो।
 |  मंगलबार, असोज ४, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, असोज ४, २०७९

काठमाडौं- बंगलादेशको महिला फुटबल गोलोन रबानी छोटोनले सम्हाल्न थालेको लामै समय भइसकेको छ। उनी बंगलादेशको महिला फुटबलको सिनियर टिमका मात्र प्रशिक्षक होइनन्। उमेर समूह पनि उनैले सम्मालिरहेका हुन्छन्।

बंगलादेशले सन् २०१६ मा निकै महत्वकांक्षी योजनाका साथ उमेर समूहको फुटबल सुरु गर्‍यो। उसले उमेर समूहको टिमलाई विभिन्न ठूलो देशका उमेर समूहका खेलाडीसँग प्रतिस्पर्धा गराएको थियो। उनी आफ्नो कालमा फुटबलको विकास भएकोबारे सविस्तारमा सुनाउँछन्।

‘बंगलादेशको महिला फुटबल २०१६ बाट ट्रान्फरमेसनबाट सुरु भएको हो। त्यतिबेला हामी यू १६ को एसिया कप फुटबलमा सहभागी बनेका थियौँ। त्यो प्रतियोगिता चाहीँ २०१७ मा थियो। हामीले २०१६ को अक्टोबरमा क्याम्प सुरु गरेको हो,’ सोमबार साफको उपाधि जितेपछि प्रशिक्षक छोटोनले भनेका छन्।

पहिलो पटक सहभागी बनेको एसिया कपमा बंगलादेशले ठूला देशको सामना गर्ने अवसर पायो। त्यो प्रतियोगितामा उसले उत्तर कोरियासँग खेल्यो। जो यू-१७ र यू-२० को एसिया कपको उपाधि विजेता पनि हो। त्यो प्रतियोगितामा बंगलादेशले कुनै खेल जित्न नसके पनि धेरै अनुभव बटुलेको थियो।

त्यहि प्रतियोगितामा बंगलादेशलले जापान र अष्ट्रेलियासँग पनि खेल्न पाएको थियो। ‘त्यो महत्वपूर्ण प्रतियोगिताको  लागि भए पनि हाम्रो क्याम्प बलियो बनाउनु पर्ने भएको थियो। हामीले बनायौँ अनि पछिल्लो पाँच छ वर्षमा निरन्तर अन्तर्राट्रिय फुटबल खेलिरहेका छौं,’ आफ्नो टिमको प्रगतिबारे छोटोनको प्रतिकृया छ।

Metro Mart
worldlink
बंगलादेशको टिमले गत हप्ता दक्षिण एसियाको सदाबहार च्याम्पियन भारतलाई ३-० ले हराएको थियो। त्यही टिमले त हो सोमबार राति काठमाडौंमा बलियो घरेलु टिमलाई हराएर साफमा इतिहास रच्यो। 

त्यसो त बंगलादेशले दक्षिण एसियाको यू-१५, यू-१७, यू-१८ मा खेलेर उपाधि पनि जितिसकेका छ। पहिले बंगलादेश साफमा पनि समूह चरणमै सीमित हुने गर्दर्थ्यो। उसले भारतलाई त के नेपाललाई समेत हराउन सक्दैन थियो। तर, अहिले जसरी महिला फुटबलमा विकास गरिरहेको छ, त्यसको स्पष्ट चित्र सिनियर टिममा देख्न सकिन्छ। 

प्रकाशित: Sep 20, 2022| 06:01 मंगलबार, असोज ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।