मंगलबार, वैशाख १६, २०८२

६० वर्ष बदला कुरेको भोजपुर कांग्रेसले गुमाउँदैछ अर्को 'चान्स'

प्रतिनिधिसभा माओवादीले पाउने कुरालाई कांग्रेसले स्वीकार गर्ने अवस्था बन्ने, तर प्रदेशसभा 'क'मा राजेन्द्रलाई छाड्न नसकिने कांग्रेस नेताको अडान छ।
 |  बिहीबार, भदौ ३०, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- ६० वर्षदेखि भोजपुर कांग्रेस जितको प्यासमा छ। २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्र जितेको कांग्रेस त्यसयताका सबै संसदीय निर्वाचनमा निल छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भोजपुर कांग्रेसलाई जितको ६० वर्ष लामो प्यास मेट्ने अवसर छ। तर त्यसका लागि बाटो सहज भने छैन।  

कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले तालमेल गरी चुनावमा जाने निर्णय गरेकाले भोजपुर कांग्रेसलाई अनुकुल हुने विश्लेषण गर्न थालिएको छ। गठबन्धन नै भएपनि कांग्रेसका लागि भने अझै सहज छैन। गठबन्धन गर्दा माओवादीले भोजपुरमा दाबी छोड्ने संकेत गरेको छैन। यसर्थ ६ दशक लामो व्यग्र प्रतीक्षा कांग्रेसका लागि अझै ५ वर्ष थपिने भएको छ। 

भोजपुर कांग्रेसले प्रतिनिधि सभामा केन्द्रीय सदस्य उमेशजंग रायामाझी, जिल्ला सभापति विनोद वान्तवा र नेता शिव खत्रीको नाम सिफारिस गरेको छ। यद्यपि यो जिल्लाले सिफारिस गरेको मात्र हो। केन्द्रले ५ दलबीच भागबन्डा मिलाउन बाँकी नै छ।  एक प्रतिनिधिसभा क्षेत्र भएको भोजपुर नेकपा माओवादीले लिने सम्भावना बढी छ। 

भोजपुर कांग्रेसका नेताहरुले प्रतिनिधिसभा छाड्न नसकिने बताउँदै आएका छन्। 'भोजपुरका तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिने एक मात्र सिटमा गठबन्धनका अन्य सहयोगी दलको समेत सहयोगमा नेपाली कांग्रेसले नै प्रतिनिधित्व गर्नुपर्छ भन्ने जनमतको सम्मान गर्नुपर्छ,' रायामाझीले भनेका छन्। 

प्रकाशित: Sep 15, 2022| 20:22 बिहीबार, भदौ ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...