मंगलबार, वैशाख १६, २०८२

गुन्डागर्दीबाट कांग्रेस-एमालेमा ओत लागेकालाई टिकटको चिठ्ठा!

राजनीतिक दलहरूलाई पैसा दिने भएपछि अपराध र गुन्डागर्दी पृष्ठभूमिबाट पार्टीमा ओत लाग्न आएकाहरूलाई आगामी ४ मंसिरको चुनावमा प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार धमाधम सिफारिस गर्दै कांग्रेस, एमालेहरू।
 |  मंगलबार, भदौ २८, २०७९

खिला कार्की

खिला कार्की

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम सिफारिस भइरहेका छन्। जिल्ला-जिल्लाबाट विभिन्न दलका तल्ला कमिटीले धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्।

कांग्रेसले तल्लो तहबाट उम्मेदवारको नाम सिफारिस गर्ने काम सकिसकेको छ भने अन्य दलहरूले नाम सिफारिस गर्ने क्रममा छन्। राजनीतिकर्मी मात्र नभएर व्यवसायी, ठेकेदारदेखि आपराधिक र गुन्डागर्दीको पृष्ठभूमि भएकाहरू पनि दलहरूको सिफारिसमा परेका छन्।

अहिलेसम्म आपराधिक र गुन्डागर्दी पृष्ठभूमिबाट आएका झन्डै दर्जन व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार बन्न सिफारिसमा परेका छन्। हालसम्म प्राप्त तथ्यांकअनुसार कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेले मात्र आपराधिक र गुन्डागर्दीबाट राजनीतिमा ओत लाग्न आएकाहरूलाई सिफारिस गरेको पाइएको छ।

तथ्यांकअनुसार कांग्रेसले बाहुबली पृष्ठभूमिका ७ जनाको नाम आउँदो चुनावमा उम्मेदवार बन्न सिफारिस गरेको छ भने एमालेले ३ जनालाई सिफारिस गरेको छ। 

दीपक मनाङे
गुन्डागर्दी र आापराधिक पृष्ठभूमिबाट राजनीतिमा होमिनेहरूको कुरा गर्दा दीपक मनाङे सबैभन्दा बढी चर्चामा छन्। उनी २०७४ को प्रदेशसभा निर्वाचनमा मनाङ (ख)बाट वाम गठबन्धनको सहयोगमा विजयी भएका थिए। त्यतिबेला एमालेले जिताउन उनले मुख्य भूमिका खेलेका थिए। अहिले कांग्रेसले प्रदेशसभा सदस्यमा मनाङेलाई सहयोग गर्ने र प्रतिनिधिसमामा कांग्रेसले मनाङेलाई सहयोग गर्ने सहमति बनेको छ। उनी अहिले गण्डकी प्रदेश सरकारका खेलकुदमन्त्रीसमेत छन्।

Metro Mart
worldlink

प्रकाशित: Sep 13, 2022| 17:19 मंगलबार, भदौ २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...