बुधबार, जेठ १, २०८२

प्रचण्डमाथि 'फायर' खोल्न जनार्दनलाई कहाँबाट आयो साहस?

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको पार्टी माओवादी केन्द्रभित्र नेतृत्वको आलोचना गर्ने सामार्थ्य कमैले राख्छन्।
 |  शुक्रबार, भदौ २४, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको पार्टी माओवादी केन्द्रभित्र नेतृत्वको आलोचना गर्ने सामार्थ्य कमैले राख्छन्। शीर्षदेखि तल्ला तहसम्म सार्वजनिक रूपमा प्रचण्डको आलोचना गर्न नपाइने 'अघोषित नीति' बनाएको माओवादीमा बिहीबार पार्टी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई घोचपेच गरे। अखिल क्रान्तिकारीले रिभोलुसनरी फोर्स घोषणा गर्ने कार्यक्रममा जनार्दनले प्रचण्डमाथि 'फायर' खोलेका थिए। 

माओवादी छोडेर एमाले गएका टेकबहादुर बलम्पाकीलगायतका केही नेतालाई माओवादीमै प्रवेश गराउने तयारी पार्टी कार्यालय पेरिसडाँडामा पनि चलिरहेको थियो। प्रचण्ड हतारमा थिए। उनी छिटै नै सम्बोधन गरेर फर्कने योजनामा भएपनि शर्माले आफ्ना कुरा सुनेर मात्र जान आग्रह गरेका थिए।

बोल्ने क्रममा शर्मा आक्रामक निस्किए। मञ्चबाटै प्रचण्डले आफूलाई थमाएको पद अस्वीकार गरिदिए। आयोजकले ‘उपमहासचिव जनार्दन शर्मा’ भनेर बोल्न बोलाएपनि उनले आफू उपमहासचिवको हैसियतभन्दा संघठन विभाग प्रमुखको हैसियतमा बोल्न आएको उल्लेख गरे। अनि सुरु गरे प्रचण्डमाथि हमला। 

'नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो माग हो। अध्यक्ष कमरेड यहीँ हुनुहुन्छ। उहाँको सबैभन्दा कडा आलोचक मै हुँ। सबैभन्दा बेसी संरक्षक वा रक्षा गर्ने पनि मै हुँ। अध्यक्ष कमरेडले यो विषयको जवाफ यहीँ उभिएर दिनुहोला,' जनार्दनले प्रचण्डसामु सार्वजनिक रूपमा स्पष्टीकरण माग गरे। 

नेतृत्वले गलत गरे आलोचना गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले प्रचण्डको चाकडी गर्नेहरूले कुरा बिगारिरहेको अप्रत्यक्ष आरोप पनि लगाइदिए। यसका साथै उनले प्रचण्डको खुलेर आलोचना गर्नुपर्ने भन्दै बीजारोपण पनि गरेका छन्। ‘म त प्रचण्ड कम्रेडको आलोचक हुँ, आलोचना गर्छु। तपाईंहरुले पनि आफ्ना नेताले कमजोरी गरे भने आलोचना गर्नुहोला,' जनार्दनको भाषणमा भनिएको थियो, 'आलोचनाले मात्र नेतृत्वको रक्षा हुन्छ, चाकडीले रक्षा हुँदैन।’

Metro Mart
worldlink

आफ्नै विश्वासपात्र भनिने जनार्दनबाट सार्वजनिक रूपमै प्रचण्डले पहिलोपटक आक्रमण खेपेका थिए। यो चुनौती सामना गर्न प्रचण्डले जनार्दनलाई नै माध्यम बनाइदिए। शर्मालाई रक्षा गरी हुर्काएको भन्दै आफ्नो आलोचना गरेर सबै समस्या 'फुमन्तर' नहुने संकेत गरेका थिए। यस्तै ससाना विषयमा आफूलाई नमुछ्न उनको आग्रह पनि थियो। प्रचण्डले 'ठूलो छाती' र 'उदारता'जस्ता शब्द प्रयोग गर्दै जनार्दन संकीर्ण भएकाले आफूमाथि जाइलाग्न सकेको विश्लेषण प्रचण्डको हुन सक्छ। आफूले जनयुद्ध र संविधान निर्माणको नेतृत्व गरेको कुरा प्रचण्डले खासै छुटाउँदैनन्। यिनै 'उपलब्धि' देखाउँदै प्रचण्डले जनार्दनको चुनौतीमा रक्षात्मक बन्नु परेको थियो। 

‘जनार्दनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ। म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ। संविधानसभाको पनि नेतृत्व गरेँ,' उनले भनेका थिए, 'अब मेरो इच्छा भनेको राम्रो उत्तराधिकारी तयार हुन्। र, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाउन उदारताका साथ ठूलो छाती लिएर अगाडि बढुन्।’ 


प्रकाशित: Sep 09, 2022| 16:01 शुक्रबार, भदौ २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...