मंगलबार, वैशाख १६, २०८२

रोल्पामा पुन कि महरा?

२०६२/६३ सालको जनआन्दोलनपछि खुला राजनीतिमा आएको माओवादीले २०६४ सालको संविधानसभा निर्वाचनमा पनि रोल्पालाई नै भरोसा गरेको थियो।
 |  शुक्रबार, भदौ २४, २०७९

विनोद परियार

विनोद परियार

शुक्रबार, भदौ २४, २०७९

बुटवल- माओवादीले रोल्पालाई आफ्नो आधार इलाका मान्दै आएको छ। १० वर्षे जनयुद्धका बेलामा रोल्पालाई माओवादीले आधार इलाका बनाएको थियो। २०६२/६३ सालको जनआन्दोलनपछि खुला राजनीतिमा आएको माओवादीले २०६४ सालको संविधानसभा निर्वाचनमा पनि रोल्पालाई नै भरोसा गरेको थियो। २०६४ सालमा रोल्पासँगै भरोसा गरेर माओवादीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रोल्पाबाट उम्मेदवार बनाएको थियो। त्यतिखेर प्रचण्ड रोल्पा निर्वाचन क्षेत्र नम्बर २ र माओवादी नेतृ जयपुुरी घर्ती निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। त्यसयता माओवादीले रोल्पामा कहिल्यै हार भोग्नुुपरेको छैन।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णबहादुर महरा र २ बाट ओनसरी घर्ती निर्वाचित भए। दुवैले सभामुख भएर संसद् सञ्चालन गर्ने अवसरसमेत पाए। 

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक भएको २०७४ सालको निर्वाचनमा पनि माओवादीले विजयी यात्रालाई जारी राख्यो। प्रतिनिधिसभामा रोल्पाबाट पूर्वअर्थमन्त्री वर्षमान पुन विजयी भए। यसअघि २ वटा निर्वाचन क्षेत्र रहेको रोल्पामा २०७४ सालपछि प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र कायम भएको छ। 

२०६४ सालयताको निर्वाचनमा रोल्पाले माओवादीका नेताहरुलाई जिताएर संसदमा मात्रै पु्र्याएन– सभामुख, मन्त्री र प्रदेशको मुख्यमन्त्रीसम्म पाएको छ। देशकै नेतृत्व गरेको र नेकपा माओवादी केन्द्रको राजनीतिमा वर्चश्व कायम गरेको छ रोल्पाले। आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने रोल्पामा माओवादीबाट को उम्मेदवार हुने भन्ने विषय निकै पेचिलो बनेको छ।

नेकपा माओवादी केन्द्र रोल्पाले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, स्थायी कमिटी सदस्य एवं लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी, पोलिटब्युरो सदस्य जयपुरी घर्ती मगर, पोलिटब्युरो सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ। सबै नाम प्रतिनिधिसभाको एउटा क्षेत्रबाट सिफारिस भएको हो। ‘माओवादीका शीर्ष नेताहरु सबैजसो रोल्पाकै हुनुहुन्छ, जिल्लाले सबै नेताहरुलाई सम्मान गरेर सिफारिस गरेर प्रदेश र केन्द्रमा पठाएका छौं,’ नेकपा माओवादी केन्द्र रोल्पाका संयोजक घुलेन्द्र घर्तीले भने।

Metro Mart
worldlink


प्रकाशित: Sep 09, 2022| 17:15 शुक्रबार, भदौ २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...