मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा अर्थशास्त्रीको रुझान, सिफारिस भएका ५ जनाको क्षेत्रमा कस्तो छ‍ मतको अवस्था?

कांग्रेसमा अर्थशास्त्रीको रुझान, सिफारिस भएका ५ जनाको क्षेत्रमा कस्तो छ‍ मतको अवस्था?

अर्थविद्को छवि बनाएका ५ अनुहारमध्ये डा. स्वर्णीम वाग्ले, डा. विश्व पौडेल, डा. चिरञ्जीवी नेपाल, डा. गोविन्दराज पोखरेल र डा. अंगराज तिमल्सिना कांग्रेसबाट टिकटका लागि सिफारिसमा परिसकेका हुन्।
 |  सोमबार, भदौ २०, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, भदौ २०, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट चुनाव लड्न अर्थशास्त्रीहरूको रुझान देखिएको छ। हालसम्म सिफारिस भएकामध्ये कांग्रेस क्षेत्रीय समितिबाट ५ अर्थशास्त्री पनि परेका छन्। यीमध्ये एकजनासँग चुनावी मैदानमा उत्रिएको अनुभव छ भने चार अर्थशास्त्री पहिलोपटक चुनावी मैदान उत्रिन लागेका हुन्। 

डा‍. स्वर्णीम वाग्ले, डा. विश्व पौडेल, डा. चिरञ्जीवी नेपाल, डा. गोविन्दराज पोखरेल र डा. अंगराज तिमल्सिना कांग्रेसबाट टिकटका लागि सिफारिसमा परिसकेका अर्थशास्त्रीको छवि बनाएका अनुहार हुन्। सिफारिस गर्ने क्रम नसकिएकाले यो संख्या थप हुन सक्ने सम्भावना सकिएको छैन। 

पोखरेल २०७४ सालको निर्वाचनमा प्युठानबाट उम्मेदवार बनेका थिए। पहिलो प्रयासमा वाम गठबन्धनसँग जुध्नुपरेकाले उनी सफल हुन सकेनन्। तिमिल्सिना, नेपाल, वाग्ले र पौडेलले संसद् भवन छिर्ने प्रयास पहिलो पटक गरेका हुन्। 

वाग्ले र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। पौडेल योजना आयोगका वहालवाला उपाध्यक्ष हुन् भने नेपाल भने राष्ट्र बैंकका पूर्व गभर्नर हुन्। तिमल्सिनाले लामो समय संयुक्त राष्ट्रसंघीय विकास नियोग (युएनडीपी)मा काम गरेको अनुभव सँगालेका छन्।

Metro Mart
worldlink

यसपटकको निर्वाचनमा हरेक दलले नयाँ अनुहारलाई अघि सार्ने सम्भावना छ। स्थानीय तहमा देखिएको स्वतन्त्र उम्मेदवारको उभार, स्वतन्त्र उम्मेदवारीको लहर र नयाँ दलले मत तान्न सक्ने जोखिमको समीक्षा गरी दलले नयाँ तर मतदातालाई प्रभाव पार्न सक्ने उम्मेदवारलाई अघि सार्न सक्ने सम्भावना भएको विश्लेषकहरू बताउँछन्।

पोखरेल २०७४ सालको निर्वाचनमा प्युठानबाट उम्मेदवार बनेका थिए। पहिलो प्रयासमा वाम गठबन्धनसँग जुध्नुपरेकाले उनी सफल हुन सकेनन्। तिमिल्सिना, नेपाल, वाग्ले र पौडेलले संसद् भवन छिर्ने प्रयास पहिलो पटक गरेका हुन्। 

कांग्रेसबाट चुनाव लड्ने इच्छा देखाएका पाँचै अर्थशास्त्री विधानअनुसार प्रतिनिधिसभामा चुनाव लड्न क्षेत्रीय समितिबाट जिल्ला समितिमा सिफारिस भइसकेका छन्। क्षेत्रीय समितिबाट सिफारिस व्यक्तिका सम्बन्धमा आफ्नो राय समावेश गरेर जिल्ला समितिले प्रदेश समिति र प्रदेश समितिले केन्द्रीय समितिलाई सिफारिस गर्नुपर्ने कांग्रेस विधानमा उल्लेख छ। यसरी तलबाट आएको सिफारिसका सम्बन्धमा अन्तिम छिनोफानो गरी टिकट दिने निर्णय गर्ने अधिकार कांग्रेस संसदीय समितिलाई छ। कांग्रेसबाट चुनाव लड्न इच्छुक यी ५ अर्थशास्त्रीमध्ये कसलाई पार्टीले आधिकारिक उम्मेदवार बनाउँछ भन्ने टुंगो लागेको छैन। उनीहरू सिफारिस भएको क्षेत्रको चुनावी अंकगणितबारे यो सामग्री केन्द्रित छ।

वाग्ले र पौडेल एकै क्षेत्रका आकांक्षी
योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले र बहालवाला उपाध्यक्ष पौडेल एकै क्षेत्रबाट आकांक्षी देखिएका छन्। चितवन-१ बाट वाग्ले र पौडेलको नाम सिफारिस भएको छ। वाग्ले र पौडेलसँगै चितवन-१ बाट राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ र डा. तीर्थ खनियाँको नाम पनि सिफारिस भएको छ। 

कुनै बेला मित्रवत् सम्बन्ध रहेका वाग्ले र पौडेलको सम्बन्ध पछिल्लो समय चिसिएको छ। अहिले दुवै अर्थविद् एकै क्षेत्रमा टिकट लिन प्रतिस्पर्धामा उत्रिएका छन्। कांग्रेसमा शेखर कोइरालालाई सभापति र गगन थापालाई महामन्त्री बनाउन यी दुवै अर्थशास्त्री सक्रिय थिए। तर कांग्रेस महाधिवेशनको मिति पटक पटक सर्‍यो। कांग्रेसको महाधिवेशन नभइकन सभापति शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बने। 

देउवापत्नी आरजु राणासँग वाग्लेको सम्बन्ध चिसिएको थियो। वाग्लेको सम्बन्ध चिसिएकै मौकामा पौडेल आरजुसँग नजिकिए। पछि उनी योजना आयोगको उपाध्यक्ष बने। त्यसयता वाग्ले र पौडेलको पनि सम्बन्ध चिसियो। 

दुवै अर्थविद् एकै क्षेत्रमा एकै दलबाट टिकट लिने प्रयासमा छन्। यस्तै टिकटका लागि प्रतिस्पर्धामा वाग्ले र पौडेलसँगै प्रतिस्पर्धामा रहेका राज्यमन्त्री उमेश श्रेष्ठ र अघिल्लो पटक प्रतिस्पर्धमा उत्रिएका बुर्लाकोटी पनि बलिया मानिन्छन्। त्यसकारण यो क्षेत्रमा दुई अर्थविद्को प्रतिस्पर्धामा कसले बाजी मार्छ वा दुवैलाई पाखा लगाएर कसले टिकट हत्याउला? जवाफ प्रतिक्षित छ। तर टिकटका लागि हाइ प्रोफाइलबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ। सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा यो क्षेत्र कांग्रेसको भागमा पर्छ वा पर्दैन भन्ने पनि यकिन छैन।  

प्रकाशित: Sep 05, 2022| 13:14 सोमबार, भदौ २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...