बुधबार, जेठ १, २०८२

बालुवाटारको किनारैकिनार ओरालो लागेका गच्छदार

सुनसरी–२ 'ख'बाट प्रदेशसभा सांसद निर्वाचित भएका उनलाई यसपटक गच्छदारको क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी कांग्रेसले गरेको हो। यद्यपि, उम्मेदवार को हुने भन्ने टुंगो भने लागिसकेको छैन।
 |  सोमबार, भदौ १३, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, भदौ १३, २०७९

काठमाडौं- २०५० को दशकमा नेपाली कांग्रेसभित्र चर्चित दुई गुट थिए- ‘एकेजीबी’ र ‘आरएसएस’। 

पार्टीमा गिरिजाप्रसाद कोइराला हाबी हुँदा कोइराला गुटकै एकेजीबी अर्थात् अर्जुनरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदारको समूहले पार्टी नेतृत्वमा मात्रै नभएर राज्य सञ्चालनमा पनि बलियो प्रभाव पार्न सक्थ्यो। रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवाको 'आरएसएस' समूहले कोइराला नेतृत्वलाई चुनौती दिन्थ्यो। 

तर कोइरालाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई मूलधारबाट किनारा लगाउन संघर्ष गर्दा 'आरएसएस'ले पनि साथ दिएको थियो। आरएसएस समूहकी आचार्यको निधन भइसकेको छ। अहिले कांग्रेसको नेतृत्व देउवाको हातमा छ। पार्टीभित्र पौडेल पनि प्रभावशाली नै छन्। तर, एकेजीबी समूह पार्टीभित्र हस्तक्षेपकारी भूमिकामा यतिबेला देखिँदैन।

कुनै बेला आरएसएसभन्दा प्रभावशाली बनेको एकेजेबी समूहका खड्काको निधन भइसकेको छ। भ्रष्टाचार आरोप लागेका जोशीलाई पार्टीले कारबाही गरेपछि उनको राजनीति तनहुँमा कांग्रेसका आधिकारिक नेताविरुद्ध हुन थालेको छ। 

कांग्रेसभित्र अर्नुननरसिंह केसीको केही प्रभाव बाँकी रहे पनि उतिबेला देउवाकै उचाइमा रहेका नेता गच्छदारको शक्ति ललितानिवास प्रकरणपछि कमजोर बन्दै गएको छ। फरक गुटबाट शक्ति सन्तुलनको राजनीति गरेका यी दुई नेतामध्ये देउवा ५औँ पटक प्रधानमन्त्री पदमा छन् भने दोस्रोपटक पार्टीको नेतृत्व गरिरहेका छन्। आगामी मंसिर ४ मा आठौँ आम निर्वाचन हुँदैछ। देउवा सातौँपटक डडेलधुराबाट प्रतिनिधिसभाको निर्वाचन लड्दैछन्।

Metro Mart
worldlink

देउवा र गच्छदारमा धेरै समानता छन्। यी दुवै संसदीय निर्वाचनका सदाबहार विजेता नेता हुन्। ५ पटक देउवा प्रधानमन्त्री हुँदा गच्छदार पनि ५ पटक उपप्रधानमन्त्रीसहित १२ पटक मन्त्री भएका छन्। तर देउवा चुनावी तयारीमा जुट्दा २०४८ यता निरन्तर चुनाव जित्दै आएका गच्छदार भने गुमनामजस्तै छन्। 

प्रकाशित: Aug 29, 2022| 12:25 सोमबार, भदौ १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...