मंगलबार, वैशाख १६, २०८२

संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायलाई पनि भाग!

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, 'संक्रमणकालीन न्यायको विषयमा सर्वोच्च अदालतले गर्ने फैसला के गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। हतारोमा गर्न हुँदैन।'
 |  बिहीबार, भदौ ९, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बिहीबार, भदौ ९, २०७९

Metro Mart
worldlink
काठमाडौं- सरकारले मंगलबार प्रतिनिधि सभामा 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' प्रस्तुत गर्‍यो। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेय अगाडि बढासँगै अन्तर्राष्ट्रिय समुदाय पनि सक्रिय भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन सहयोग गर्ने बताएको केही घण्टामा नै नेपालमा रहेका अमेरिकासहितका चार देशका राजदूतले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग भेट गरे।
ओलीलाई भेट्न च्यासल पुगेका अमेरिकी राजदूत र्‍यान्डी बेरी, बेलायतका राजदूत निकोला पोलिट, अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क, स्वीट्जरल्यान्डका राजदूत एलिसावेथ भोन क्यापेलेर र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे गम्भीर चासो राखेको बताइएको छ। 

संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा अन्तर्राष्ट्रिय मान्यतामा ध्यान पुर्‍याउनुपर्ने विषयलाई राजदूतहरूले जोड दिएका थिए। बैठकमा सहभागी नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङका अनुसार विभिन्‍न मुलुकमा राजदूतहरुले 'गम्भीर मानवअधिकार हननका मुद्दामा आममाफी दिने' विषयमा आपत्ति जनाएका थिए। नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिमको व्यवस्था ऐनमा हुनुपर्ने उनीहरूको धारणा थियो। अध्यक्ष ओलीले जवाफमा संक्रमणमालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसदको सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने धारणा आफ्नो पार्टीको रहेको बताएका थिए। 

प्रकाशित: Aug 25, 2022| 08:46 बिहीबार, भदौ ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...