बुधबार, जेठ १, २०८२

सिन्धुलीबाट लड्दा प्रचण्डलाई कति सहज?

२०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार क्षेत्रबाट निर्वाचन लडिसकेका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० गरी दुई ठाउँबाट निर्वाचित प्रचण्डले २०७० सालको निर्वाचनमा भने काठमाडौं–१० र सिरहा–५ बाट लडेका थिए।
 |  बुधबार, भदौ १, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, भदौ १, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्र दाबी गर्न थालिसकेका छन्। कतिपय त चुनाव लक्षित कार्यक्रमका लागि गाउँ फर्किन पनि थालिसकेका छन्। कतिपयको भने निर्वाचन क्षेत्रकै टुंगो लाग्न सकेको छैन। सहजै जित्न सकिने क्षेत्रको खोजीमा छन् उपल्लो तहका नेताहरु।

यस्तैमा पर्छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। निर्वाचन क्षेत्र फेरिरहने परिचय बनाएका प्रचण्ड यसपटक ज्योतिषको सल्लाहअनुसार क्षेत्र निर्धारण गर्ने मनस्थितिमा छन्। यसअघि चितवन–३ बाट निर्वाचित प्रचण्ड स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा माओवादीले राम्रो मत नल्याएपछि त्यहीँबाट उम्मेदवार बन्नेमा ढुक्क हुन सकेका छैनन्।

त्यसैले ज्योतिषले दिएको सल्लाहअनुसार नै क्षेत्र रोज्ने तयारीमा रहेको उनी निकट स्रोतको दाबी छ। आफ्नो पुरानै निर्वाचन क्षेत्र चितवन–३, सिन्धुली–२, सिन्धुपाल्चोक–१ र गोरखा–१ मध्ये ज्योतिषले दिएको सल्लाहअनुसार एक क्षेत्र रोज्ने देखिन्छ प्रचण्डले।

२०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार क्षेत्रबाट निर्वाचन लडिसकेका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० गरी दुई ठाउँबाट निर्वाचित प्रचण्डले २०७० सालको निर्वाचनमा भने काठमाडौं–१० र सिरहा–५ बाट लडेका थिए। जसमा काठमाडौं–१० बाट उनी पराजित बन्न पुगे। काठमाडौंमा कांग्रेसका राजन केसीसँग पराजित प्रचण्डले सिरहा–५ मा पनि मुस्किलले जित हात पारे।

निर्वाचन क्षेत्र फेरिरहने परिचय बनाएका प्रचण्ड यसपटक ज्योतिषको सल्लाहअनुसार क्षेत्र निर्धारण गर्ने मनस्थितिमा छन्।

Metro Mart
worldlink

संविधान जारी भएपछिको पहिलो निर्वाचनमा प्रचण्डले नयाँ निर्वाचन क्षेत्र रोजे– चितवन क्षेत्र नं. ३। २०७४ सालमा काठमाडौं–१० र सिरहा–५ दुवै निर्वाचन क्षेत्र छाडेर चितवन–३ बाट निर्वाचन लडेका उनलाई वाम गठबन्धनका कारण जित सहज भयो। यसपटक भने स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामले झस्किएका प्रचण्ड चितवनबाट पनि आफ्नो निर्वाचन क्षेत्र सार्ने दाउमा रहेको उनी निकट नेताहरु बताउँछन्।

चितवन–३, सिन्धुली–२, सिन्धुपाल्चोक–१ र गोरखा–१ मध्ये ज्योतिषले कता सिफारिस गर्छन् र प्रचण्ड कताबाट चुनाव लड्छन् टुंगो लागिसकेको छैन। तर, प्रचण्डले प्राथमिकतामा राखेका मध्येको क्षेत्र सिन्धुली–२ मा भने माओवादी कार्यकर्ताले आन्तरिक तयारी पनि थालिसकेका छन्। प्रचण्ड चुनाव लड्न सिन्धुली आए आपूmहरु उत्साहपूर्वक जिताउन लाग्ने माओवादीकै जिल्ला तहका नेताहरुले बताइरहेका छन्।

के प्रचण्डलाई सिन्धुलीमा चुनाव जित्न सहज छ त?  प्रचण्डको रोजाइमा परेको सिन्धुली क्षेत्र नं. २ माओवादीको लागि सहज नै मानिन्छ। यो क्षेत्र माओवादी नेता हरिबोल गजुरेलको निर्वाचन क्षेत्र पनि हो। यसअघिका चुनावमा नेता गजुरेलले सहजै जित हासिल गरेका थिए।

०७४ सालको प्रतिनिधिसभाको चुनावमा पनि सिन्धुली–२ बाट हरिबोल गजुरेल विजयी भएका थिए। तत्कालीन समयमा बाम गठबन्धनबाट चुनाव लडेका गजुरेलले ३० हजार १७९ मत ल्याउँदा नेपाली कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मतमात्र ल्याएका थिए। त्यस्तै, सिद्धिकुमार श्रेष्ठ भन्ने भक्तलाल श्रेष्ठ नेकपा (माले)ले १ हजार २७२ र तत्कालीन नयाँ शक्ति पार्टीबाट हरिबहादुर श्रेष्ठले ४५५ मत प्राप्त गरेका थिए। अन्यमा १ हजार २२४ मत खसेको थियो।

एमालेसँग मिलेर चुनाव लडेका गजुरेलले त्यसबेला १२ हजार ०५२ मतान्तर राखेका थिए। तर, यसपटक भने माओवादी एमालेसँग छुट्टिएर कांग्रेससँग मिलेर चुनाव लड्दैछ। त्यसैले एकपटक गएको स्थानीय तहको चुनावको मतपरिणामलाई केलाएर हेरौँ।

प्रकाशित: Aug 17, 2022| 11:54 बुधबार, भदौ १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...