मंगलबार, वैशाख १६, २०८२

ज्योतिषको शरणमा प्रचण्ड!

संसदीय राजनीतिमा आएसँगै प्रचण्डलाई धार्मिक कार्यक्रम उद्घाटन, साधुसन्तसँग आशीर्वाद थाप्ने र पूजापाठमा रमाउने गरेको देखिएकै छ। पछिल्लो समय प्रचण्डलाई ज्योतिषशास्त्रसँग पनि उत्तिकै विश्वास जाग्न थालेको छ। धर्मलाई विकासको बाधक मान्ने प्रचण्ड भैंसी पूजा हुँदै अब कुण्डली नदेखाई कुनै काम नथाल्ने अवस्थामा परिणत भइसकेका छन्।
 |  बिहीबार, साउन २६, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, साउन २६, २०७९

काठमाडौं- कार्ल मार्क्सले एउटा संश्लेषणमा भनेका थिए, 'धर्म हृदयहीनहरूको हृदय हो। धर्म मानिसका लागि एउटा अफिम हो।' कम्युनिस्टहरुले कार्ल मार्क्सलाई 'आदिम प्रणेता' मान्ने गरेका छन्। नेपालका कम्युनिस्टहरूले धर्मको विषयमा छुट्टै मौलिक व्याख्या नगरेकाले नेपाली कम्युनिस्ट पनि धर्मलाई 'अफिम' मान्दैनन् भन्ने सैद्धान्तिक प्रमाण छैन। 

तर नेपाली कम्युनिस्टहरुको दोहोरो चरित्र बेलाबखतमा उदांगो हुने गरेको छ। यसलाई ढाकछोप गर्न उनीहरू हरदम प्रयासरत हुन्छन्। 'आफू धर्ममा विश्वास गर्दिनँ' भन्ने देखाउनु परे 'स्टन्ट'को सहारा पनि लिने गरेका छन्। 

पद तथा गोपनीयताको सपथ लिँदा 'ईश्वर' शब्द उच्चारण गर्न नमान्ने कम्युनिस्ट नेताहरु जनताका नाममा सपथ लिनुपर्ने देखावटी व्यवहार गर्छन्। 'ईश्वर'का नाममा सपथ लिँदा सिद्धान्तबाट च्यूत भइने मनोविज्ञानबाट ग्रसित उनीहरू मन्दिरमा पूजापाठ, ग्रहशान्ति र होमहोमादी गर्न भने पछि पर्दैनन्। 'ईश्वर'का नाममा सपथ लिन नमान्ने कम्युनिस्ट नेताको चरित्र उदांगो हुन बाँकी छैन, तैपनि उनीहरू सार्वजनिक कार्यक्रममा भने आफूलाई  नास्तिक बनेर प्रस्तुत गरिरहेका हुन्छन्।

२०५० को दशकमा उदाएको माओवादी आन्दोलनले परम्परागत सामाजिक-सांस्कृतिक मान्यता भत्काउने अभियान नै चलाएको थियो। माओवादीले हिन्दू धार्मिक आस्थालाई द्वन्द्वको समयमा तारो बनाएको थियो। त्यही क्रममा माओवादीले गाई काटेर भोज खानेदेखि किरिया गर्न लाग्दा ढिकुरो फुटाउनेसम्मका काम गरेका थिए। २०६० सालमा अछामको विनायकमा कालोसिम्लो मस्टो देवताको मन्दिरमात्रै भत्काएनन्, मन्दिरमै दिसापिसाब समेत गर्न भ्याएका थिए। पुराण वाचनका लागि व्यासासनमा बसेका पण्डित नारायण पोखरेलको हत्या माओवादी कार्यकर्ताहरूले गरेका थिए। विद्यालय-विद्यालय पुगेर संस्कृत पढाउन बन्द गराएका थिए। संस्कृत विषयको परीक्षाका दिन प्रश्नपत्र जलाइदिएका थिए। 

सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल 'प्रचण्ड' धर्मलाई विकासको बाधक मान्थे। उनकै निर्देशनमा कार्यकतार्ताले धर्म नमान्न उर्दी जारी गरेका थिए। तर शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आइपुग्दा माओवादी एकाएक फेरियो। धार्मिक संकीर्णताका कारण समाजको विकास रोकिएको टिप्पणी गर्ने माओवादीका सुप्रिमो प्रचण्ड भैंसी पूजा गर्ने अवस्थासम्म आइपुगे। कृष्णजी महाराजको सल्लाहअनुसार ग्रहशान्तिका लागि भन्दै उनले २०६६ माघ २९ गते भैंसीको पूजा गरेका थिए। 

Metro Mart
worldlink
नेपाली कम्युनिस्टहरुको दोहोरो चरित्र बेलाबखतमा उदांगो हुने गरेको छ। यसलाई ढाकछोप गर्न उनीहरू हरदम प्रयासरत हुन्छन्। 'आफू धर्ममा विश्वास गर्दिनँ' भन्ने देखाउनु परे 'स्टन्ट'को सहारा पनि लिने गरेका छन्। 

प्रचण्डको फेरिएको स्वाभावबारे नेत्रविक्रम चन्दले सटिक टिप्पणी गरेका छन्, 'शान्ति प्रक्रियामा आइसकेपछि विचारधारात्मक दृष्टिकोणमा पनि शान्ति छायो। प्रचण्ड द्वन्द्वात्मक भौतिकवादभन्दा उल्टो दिशामा हिँड्न पुगे। उनी धार्मिक कार्यक्रममा हिँड्न थाले। भौतिकवाद र अध्यात्मवादको फ्युजन गर्छु भन्दै हिँडे।’

प्रकाशित: Aug 11, 2022| 09:47 बिहीबार, साउन २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...