मंगलबार, वैशाख १६, २०८२

मौन नेपालले ताइवान मामिलामा मुख खोलोस् भन्ने चिनियाँ चाहना!

पेलोसीले ताइवान छोडेसँगै अब चीनले कस्तो कदम चाल्छ र छिमेकीको 'जेस्चर' कस्तो हुन्छ भन्‍ने कुरालाई पनि महत्वका साथ हेरिएको छ।
 |  बुधबार, साउन १८, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बुधबार, साउन १८, २०७९

Metro Mart
worldlink

काठमाडौं- अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले विश्‍वको ध्यान तान्यो। विश्‍वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच 'वाकयुद्ध' नै भयो। चिनियाँ चेतावनीबीच अमेरिकी संसद्‌की सभामुख पेलोसीले ताइवानमा करिब १९ घण्टा बिताइन्। पेलोसीले ताइवान छोडेसँगै अब चीनले कस्तो कदम चाल्छ र छिमेकीको 'जेस्चर' कस्तो हुन्छ भन्‍ने कुरालाई पनि महत्वका साथ हेरिएको छ।

बुधबार बिहानै चीनस्थितले अमेरिकी राजदूत नेकोलास बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारेमा स्पष्टीकरण माग गरिसकेको छ। चिनियाँ उपविदेशमन्त्री सिए फेङले पेलोसीको भ्रमणलाई 'अनैतिक'को संज्ञा दिँदै यो भ्रमणले 'गम्भीर परिणाम निम्त्याउन सक्ने' चेतावनी दिँदै चीन त्यतिकै चुप लागेर नबस्‍ने पनि बताएका थिए। चीनको दक्षिण छिमेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले 'नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास' व्यक्त गरिन्। पेलोसीको ताइवान भ्रमणबारे बुधबार एक टिप्पणी गर्दै राजदूत यान्छीले 'ताइवान स्वतन्त्रता'को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन्।

'चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ,' उनले भनेकी छन्, 'यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो।’ चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको उल्लेख गर्दै राजदूत होउले भनेकी छन्, 'दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन्।’

प्रकाशित: Aug 03, 2022| 21:33 बुधबार, साउन १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...