मंगलबार, वैशाख १६, २०८२

प्रचण्डको 'बार्गेनिङ टुल' मात्र कि अरु पनि समाजवादी केन्द्र?

समाजवादी केन्द्र बनाउने प्रचण्ड प्रयासबाट कांग्रेस नेताहरूलाई खासै गम्भीर भने बनाएको छैन। यो प्रयास आगामी निर्वाचनमा बढी सिट दाबी गर्न 'बार्गेनिङ पावर' बढाउन प्रयोग गरिएको 'टुल' मात्र भएको बुझाइ कांग्रेस नेताहरुको दाबी छ।
 |  शुक्रबार, साउन १३, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, साउन १३, २०७९

काठमाडौं- २०७४ मा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि घोषणाको सम्मुखमा नेपाली राजनीतिले नयाँ मोड लिने संकेत देखापरेको छ। सत्तारुढ घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान र बाबुराम भट्टराई नेतृत्वमा बन्न लागेको नेपाल समाजवादी पार्टी मिलेर समाजवादी केन्द्र बनाउने तयारी गरेसँगै राजनीतिले नयाँ मोड लिने संकेत गरेको हो। यसमा जनता समाजवादी पार्टीलाई पनि सहभागी गराउने भनिएपनि उनले आफूसँग छलफल पनि नभएको र आफू त्यसमा ईच्छुक पनि नभएको बताइसकेका छन्। 

समाजवादी केन्द्र बनाउन दलहरूबीच पटक-पटक छलफल भइरहेको छ। सत्ताका घटकहरू समाजवादी केन्द्र बनाउने प्रयासमा जुटेपछि सत्ता गठबन्धनका दलमा छलफल पातलिएको छ। सत्तारुढ गठबन्धनको बैठक साउन २ गतेयता बसेको छैन।  

०७४ सालको आम निर्वाचनअघि माओवादीले कांग्रेससँगको सहकार्य छोडेर एमालेसँग गठबन्धन गर्न पुग्दा राजनीतिक कोर्स बललिएको थियो। सरकारमा सँगै भएका दलहरू कांग्रेस र माओवादीले चुनावमा पनि तालमेल गरेर जाने विषयमा छलफल पनि चलिरहेको थियो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेससँग तालमेल गर्दा पाउने भागका लागि लबिङ गर्न नेताहरूलाई छुट्टाछुट्टै रूपमा परिचालन गरेका थिए। पछि एमालेले माओवादीलाई ४० प्रतिशत भाग दिनेपछि एमाले र माओवादी गठबन्धन बनाएर चुनाव लडे। माओवादीले मागेजति दिन तयार नभएको कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा सीमित भएको थियो। 

कांग्रेसले दिनेभन्दा एमालेले बढी दिने भएपछि प्रचण्डले रातारात एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेका थिए। असोज १७ मा भएको त्यो सहमतिपछि नेपाली राजनीतिको दिशा बदलिएको थियो। चुनावपछि झन्डै दुई तिहाई सिट पुर्‍याएर नेकपा बनेपछि देशको 'दशा' (अवस्था) पनि परिवर्तन हुने अपेक्षा गरिएको थियो। तर नेकपा आफैँलाई दशा आइलाग्यो। विभाजित भएर अहिले ४ खण्ड बनेको छ। चारमध्ये सबैभन्दा ठूलो हिस्सा एमालेसँग छ। बाँकी रहेका तीन पक्ष र माओवादीमा १० वर्षे जनयुद्धमा खटिएका नेता डा बाबुरामलाई ल्याएर समाजवादी केन्द्र बनाउन प्रयासमा देखिएका हुन्। 

प्रकाशित: Jul 29, 2022| 07:16 शुक्रबार, साउन १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...