बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • मेरो भ्वाइस र मेरो डान्स कप यूएसए-२ का उत्कृष्ट १२ प्रतिस्पर्धीको स्वागत

मेरो भ्वाइस र मेरो डान्स कप यूएसए-२ का उत्कृष्ट १२ प्रतिस्पर्धीको स्वागत

इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन)ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए (सिजन २) का उत्कृष्ट १२ प्रतिस्पर्धीलाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन)ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए (सिजन २) का उत्कृष्ट १२ प्रतिस्पर्धीलाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ। अमेरिकाबाट आएका प्रतिस्पर्धीलाई नेपाल च्याप्टरका अध्यक्ष दिलीप रायमाझीलगायतका प्रतिनिधिले स्वागत गरेका हुन्।

इन्ट्रा फाउन्डेसन, नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जना व्यक्तिलाई विमानस्थलमा पञ्चेबाजा बजाएर स्वागत गरिएको छ। स्वागतपश्चात् विमानस्थलबाट २ दर्जन बढी मोटरसाइकलमा र्‍यालीसहित २४ प्रतिस्पर्धीलाई आयोजकले ठमेलको मूलबरी होटेलमा पुर्‍याएको थियो।

होटेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकाबाट आएका दुवै शोका प्रतिस्पर्धी र अन्य प्रतिनिधिलाई स्वागत गरिएको थियो। यस्तै, दुवै शोका निर्णायकलाई पनि आयोजकले स्वागत गर्‍यो। ग्यालेक्सी फोरके टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण भइरहेको यो शोको बाँकी १० भागको छायाङ्कन नेपालमै हुनेछ। कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ।  

अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरूले भाग लिएको प्रतिस्पर्धाअन्तर्गत ‘मेरो भ्वाइस कप–२’ को उत्कृष्ट १२ मा शीतल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट् गुरुङ, सागर सुवेदी, लीला गजमेर र संगीता बोगटी छन् ।

यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य विष्ट, सुमिका तामाङ, आयुषा मसाललगायत छन्।

Metro Mart
worldlink

यी दुवै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन्। संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुवै रियालिटी शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभालाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बानियाँले जानकारी दिए।

‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन्। 

यस्तै, ‘मेरो डान्स कप, यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बिसी, सञ्चिता लुइँटेल र नरमान राई छन्। दुवै कार्यक्रमको सञ्चालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन्।

यी दुवै शोका प्रतिस्पर्धीमध्ये कतिपयले एक दशकपछि नेपाल आएको भन्दै भावुकता प्रकट गरे। कतिपयले भने नेपालमै आएर गीत गाउन र नाच्न पाउन उत्साहित रहेको सुनाए।

दुवै शोका प्रतिस्पर्धीले नेपाली गीतमा मात्र नृत्य गर्न र गाउन पाउनेछन्। कार्यक्रममा ‘भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरले प्रतिस्पर्धीहरूलाई नेपाल र नेपाली भाषालाई सधैँ माया गरिराख्न आग्रह गरेका थिए।

पहिलो सिजनको सफलतापछि इन्ट्रा फाउन्डेसनले दोस्रो सिजनको आयोजना गरेको हो। दोस्रो सिजनलाई भव्य बनाउन अझैँ बढी मिहिनेत गरेको आयोजकको भनाई छ।

प्रकाशित: Jun 08, 2022| 12:03 बुधबार, जेठ २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्