बुधबार, वैशाख १७, २०८२

भरतपुरमा सूर्यलाई पश्चिमको आश

एमालेलाई वडा नम्बर २२, २३, २७ र २८ मा झिनो आशा बाँकी छ। यी वडा पश्चिम भरतपुरमा पर्छन्। यी वडामा राप्रपाको प्रभाव राम्रो मानिएको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, जेठ ६, २०७९

भरतपुर- भरतपुर महानगरपालिकाका १२ वटा वडाको मतगणना सकिएको छ। हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले ७ वटा, नेकपा एमालेले ३ वटा, एकीकृत समाजवादीले २ वटा वडामा जित हासिल गरेको छ। भरतपुर महानगरपालिकामा कुल खसेको मत १ लाख २७ हजार ५५६ मतमध्ये हालसम्म ५९ हजार ७२५ मत गनिसकिएको छ। 

हालसम्मको मतपरिणामअनुसार सत्ता गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार रेनु दाहालले ३ हजार २०५ मतले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीलाई पछाडि पारेकी छन्। वडा नं १२ को मत गणना सकिँदासम्म दाहालले २२ हजार ५९८ मत प्राप्त गरेकी भने एमाले विजयले १९ हजार ३९३ मत प्राप्त गरेका छन्। स्वतन्त्र (कांग्रेसका बागी) जगन्नाथ पौडेलले ८ हजार ३७९ मत प्राप्त गरेका छन्। 

हालसम्म ४६ प्रतिशत मतगणना सकिँदा रेनुले लिड गरिरहेकी छिन्। विजयले वडा नम्बर ३ मा झिनो अग्रता बनाए पनि त्यसपछि लगातार रेनु दाहालले लिड गरिरहेकी हुन्। वडा नम्बर ९ सम्मको मतगणनामा निरन्तर पछि परेको एमालेले वडा नम्बर १०, ११ र १२ बाट राम्रो मत आफ्नो पक्षमा झर्ने आशा गरेको थियो। गत निर्वाचनमा यी तीन वटै वडामा एमालेले वडाध्यक्ष पनि जितेको थियो। उनीहरूमध्ये वडा नम्बर १० का अरूणपीडित भण्डारी र १२ का नरेन्द्र कङदवा एकीकृत समाजवादीतिर गएका छन्। 

अगाडिको मतान्तरलाई वडा नम्बर १०, ११ र १२ बाट पूर्ति गरेर आफ्नो पक्षमा मत बनाउँदै लैजान सकिने एमालेको अपेक्षा थियो। तर ती वडाहरुमा पनि एमाले माइनसमा नै भयो। वडा नम्बर ९ को मतगणना सकिँदा रेनुले विजयभन्दा ३ हजार १५२ मतले पछाडि पारेकी थिइन्। तर वडा १२ को मतगणना सकिँदा रेनुले ३ हजार १९ मतले लिड गरिरहेकी छन्। यी तीन वडाबाट प्लसमा जाने आशा एमालेले गरेपनि जम्मा १३३ मतान्तर मात्र घटाउन सफल भएको छ। वडा नम्बर ११ र १२ मा एमालेले वडाध्यक्ष जिते पनि मेयरमा भने रेनुले आफ्नो मतबाट सामान्यबाहेक अन्य खर्च गर्नुपरेन। 

प्रकाशित: May 20, 2022| 22:13 शुक्रबार, जेठ ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...