मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • अघिल्लो निर्वाचनमा पहिलो बनेको एमाले सिन्धुपाल्चोकमा कसरी खुम्चियो तेस्रोमा?

अघिल्लो निर्वाचनमा पहिलो बनेको एमाले सिन्धुपाल्चोकमा कसरी खुम्चियो तेस्रोमा?

अघिल्लो निर्वाचनमा २ वटा नगरपालिका (बाह्रबिसे र मेलम्ची) मा विजयी भएको एमालेले यो निर्वाचनमा दुवै नगरपालिका गुमाएको छ। सिन्धुपाल्चोकमा तीन वटा नगरपालिका छन्। तीनवटै नगरपालिकामा एमाले पराजित हुन पुगेको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– पार्टी विभाजनको असर, नेतृत्वको दम्भ र अहंकारका कारण सिन्धुपाल्चोकमा नेकपा एमाले तेस्रो पार्टी बन्न पुगेको छ। सत्ता गठबन्धनका दलहरुबीच तालमेल नहुँदा पनि एमाले तेस्रो पार्टीमा खुम्चिन पुगेको हो। 

अघिल्लो निर्वाचनमा २ वटा नगरपालिका (बाह्रबिसे र मेलम्ची) मा विजयी भएको एमालेले यो निर्वाचनमा दुवै नगरपालिका गुमाएको छ। सिन्धुपाल्चोकमा तीन वटा नगरपालिका छन्। तीनवटै नगरपालिकामा एमाले पराजित हुन पुगेको छ। बाह्रबिसे र मेलम्ची नगरपालिका यसपटक एमालेबाट कांग्रेसले खोसेको छ भने चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। 

जिल्लाका १२ स्थानीय तहमध्ये अघिल्लो निर्वाचनमा एमालेले ७ वटा तह जितेको थियो। तर, यो पटक भने ३ वटा तहमात्रै जितेको छ। एमालेले यो निर्वाचनमा इन्द्रावती, सुनकोसी र पाँचपोखरी थानपालधाप गाउँपालिकामा मात्र जित निकालेको छ। अन्य दलबीच गठनबन्धन नहुँदा पनि एमाले कसरी कमजोर बन्न पुग्यो त? जिल्लामा लामो समयदेखि पत्रकारिता गरिरहेका दिनेश थापा नेताहरुको दम्भ र अहंकारका कारण एमाले तेस्रो बन्न पुगेको विश्लेषण गर्छन्। 

‘अन्य जिल्लामा जस्तो सिन्धुपाल्चोक जिल्लामा गठबन्धन भएको थिएन। सबै पार्टी एक्ला एक्लै चुनाव लडेका थिए। यद्यपी माओवादी केन्द्रले बलेफी, बाह्रविसे, सुनकोसी गाउँपालिका र मेलम्ची नगरपालिकामा गठबन्धन एमालेसँग प्रस्ताव गरेको थियो,’ थापा भन्छन्, ‘तर जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय नेताको अहंमका कारण गठबन्धन भएन र एमालेले ९ वटा स्थानीय तह गुमायो। नेताहरुकै दम्भका कारण पहिले जितेको चारवटा स्थानीय तह पनि गुमाउन पुगेको छ।’

अघिल्लो निर्वाचनमा २ वटा नगरपालिका (बाह्रबिसे र मेलम्ची) मा विजयी भएको एमालेले यो निर्वाचनमा दुवै नगरपालिका गुमाएको छ। सिन्धुपाल्चोकमा तीन वटा नगरपालिका छन्। तीनवटै नगरपालिकामा एमाले पराजित हुन पुगेको छ।

त्यसो त थापा पार्टीसँग स्पष्ट रणनीति र प्रचारप्रसारको कमजोरी पनि एमालेको हारका कारणका रुपमा अर्थ्याउँछन्। थापाले एमालेका नेताहरुले सही समयमा सही निर्णय गर्न नसक्दाको परिणाम चौतारा साँगाचोकगढीमा देखिएको बताए। ‘चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान अध्यक्ष अमानसिंह तामाङसँग गरिएको सम्झौताको कायान्वयनमा ढिलाइ भयो, जसको फाइदा माओवादी केन्द्रले लिएको छ,’ उनी भन्छन्, ‘सम्झौता भएको समयमा नै बाहिर ल्याउन एमाले नेतृत्वले गरेको ढिलाइका कारण सो नगरपालिका एमालेको हातबाट गएको हो।’ 

Metro Mart
worldlink

उनले सुनकोसी गाउँपालिकामा पार्टीका केन्द्रीय नेताले नमानेको अवस्थामा पनि माओवादी केन्द्रसँग एमालेले गरेको गठबन्धनका कारण जित सम्भव भएको तर्क गरे। त्यस्तै जिल्लाका राजनीतिक विश्लेषक पूर्ण श्रेष्ठ स्थानीय तहको परिणामपछि एमालेले आफूले निर्मम समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउँछन्। यदि समीक्षा नगरी अघि बढ्ने हो भने सिन्धुपाल्चोकमा एमाले कमजोर बन्दै जाने उनको विश्लेषण छ। 

‘एमालेका नेताहरुले पार्टी कब्जा गर्न सहज तर जनमत कब्जा गर्न कठिन छ भन्ने कुरा भुलेका छन्। पार्टीमा बढी गुटबन्दी हुँदा त्यसको असर स्थानीय तहको चुनावमा परेको हो। गुटका कारण मेलम्चीमा एमालेकै केही कार्यकर्ताहरुले नगरपालिका प्रमुखका उम्मेदवार बालकृष्ण देउजालाई भोट हालेनन्,’ उनले भने, ‘अघिल्लो निर्वाचनमा एमालेले जहाँ–जहाँ जितेको थियो, त्यहाँ–त्यहाँ नेतृत्वले मोनोपोली गरेको थियो। जसको परिणाम यो चुनावमा देखियो।’

मेलम्ची नगरपालिकाको मेयरमा निर्वाचित भएपछि बधाई ग्रहण गर्दै आइतमान तामाङ। पहिलो स्थानीय तह निर्वाचनमा एमालेले मेयर जितेको यो नगरपालिका यसपटक कांग्रेसले जितेको छ।
उनका अनुसार भूकम्पपछिको घर बनाउनका लागि कतिपयले त किस्ता लिन पनि घूस खुवाउनुपरेको थियो भने वास्तविक पीडितहरु समेत छुटेका थिए। कृत्रिम पीडित खडा गरेर अनुदान वितरण गरिएका कारण जनतामा जागेको वितृष्णा निर्वाचनमा पोखिएको उनको तर्क छ। ‘लोकतन्त्रको वास्तविक कार्यान्वयन गर्ने स्थानीय तह हो। तर, उनीहरु जनमुखी हुन नसक्दा योपालिको चुनावमा एमालेले गम्भीर क्षति व्यहोरेको यथार्थ हामीले भुल्न हुँदैन,’ श्रेष्ठले भने। 

त्यस्तै, पार्टी विभाजनको असर पनि सिन्धुपाल्चोकमा देखिएको पत्रकार थापा र विश्लेषक श्रेष्ठ बताउँछन्। ‘मेलम्चीमा निवर्तमान उपमेयर नै समाजवादीमा गए, त्यस्तै चौताराका पुराना नेता सुवास कर्माचार्यलाई पनि पार्टीले जोगाउन सकेन। जसको क्षति निर्वाचनमा भोग्नुपर्यो,’ उनीहरु भन्छन्। निर्वाचन परिणामको आकलनमा एमालेका नेताहरुको क्षमता फितलो भएको थापा र श्रेष्ठको दावी छ। उनीहरुको यो तर्कमा जिल्ला इन्चार्ज शेरबहादुर तामाङ पनि सहमत देखिन्छन्। 

‘पुरानो विरासत कायम गर्न सक्छौं भन्ने हामीलाई विश्वास थियो। केही ठाउँमा भने गठबन्धनका कारणले पनि हामी हारेका हौं। अब एमालेले गम्भीर समीक्षा गर्न आवश्यक छ,’ उनले भने। 

त्यसो त उनले कांग्रेसले प्रशासनलाई हातमा लिएर सत्ताको दुरुपयोग गरी एमालेका कार्यकर्तामाथि आक्रमण गर्ने र त्रासदीको वातावरण फैलाउनु पनि एमालेको हारको एउटा कारण भएको तामाङको तर्क छ। ‘जिल्लामा पार्टीभित्र कुनै समस्या थिएन, आन्तरिक रुपमा एमालेको एकता मजबुत नै थियो। तर नेपाली कांग्रेसले एमालेको अगुवा कार्यकर्ताहरुलाई धम्क्याउने, कुट्ने जस्ता काम गर्यो,’ उनी भन्छन्, ‘जसका कारण मतदातामा कांग्रेसलाई मतदान नगरे बाँच्न पाइँदैन भन्ने त्रास उत्पन्न गराइदियो। सोही कारण हामीले अधिकांश पालिका गुमायांै।’

सिन्धुपाल्चोकका पाँच स्थानीय तहमा नेपाली कांग्रेस, चारवटा स्थानीय तहमा माओवादी केन्द्र र ३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन्। अघिल्लो निर्वाचनमा ७ स्थानीय तहमा नेकपा एमाले, तीन वटा तहमा कांग्रेस र  २ वटामा माओवादी केन्द्र विजयी भएका थिए।

प्रकाशित: May 20, 2022| 20:22 शुक्रबार, जेठ ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...