मंगलबार, वैशाख १६, २०८२

ओलीको छुद्रता, देउवाको अत्यास, प्रचण्डको धम्की र नेपालको लघुताभास

एमालेका चुनावीसभा सत्ता गठबन्धनमाथि तिखो प्रहार गर्न केन्द्रित रह्यो। चुनावी कमान्डर आफैं बनेका अध्यक्ष ओली विपक्षीमाथि गाली गरेरै रमाए। चुनावीसभामा उपस्थित कार्यकर्ताले ओलीको बोलीमा परर ताली पिटेपछि सभा विसर्जन हुन्थ्यो।
 |  मंगलबार, वैशाख २७, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सबै दलका शीर्ष नेता करिब १५ दिन चुनावी कार्यक्रममा जुटे। कतै दलको एकल आयोजनामा, त कतै गठबन्धनका नाममा भएका सभामा दलका प्रमुख नेताले सम्बोधन गरे। यी सभामा सबै दुई समानता भेटिए- नेताहरूको भाषणशैली, एजेन्डा/घोषणापत्रको विस्मरण।

पाँचदलीय सत्ता गठबन्धनले चुनावीसभाका मञ्चलाई नेकपा एमाले र केपी शर्मा ओलीविरुद्ध खनिन, लोकतन्त्र र संविधानको दुहाई दिएर मतदातालाई धम्की दिन प्रयोग गरे। त्यति मात्र होइन, गठबन्धनको मञ्च आफैंभित्रका असन्तुष्टि, आशंका र आक्रोश पोख्ने थलो पनि बन्यो। गठबन्धनका नेताहरुले आफैंभित्र गुम्सिएको उकुसमुकुसपना 'ओकल्ने' प्रयास गरे। 

एमालेका चुनावीसभा सत्ता गठबन्धनमाथि तिखो प्रहार गर्न केन्द्रित रह्यो। चुनावी कमान्डर आफैं बनेका अध्यक्ष ओली विपक्षीमाथि गाली गरेरै रमाए। चुनावीसभामा उपस्थित कार्यकर्ताले ओलीको बोलीमा परर ताली पिटेपछि सभा विसर्जन हुन्थ्यो।  

दलहरुका शीर्ष नेताले मतादातालाई पार्टीको एजेन्डा बुझाउने चेष्टा गरेनन्। बरु विपक्षीमाथि सर्वाधिक तल्लो स्तरमा गाली गर्ने प्रतियोगिताका प्रतिस्पर्धीजस्ता देखिन्थे शीर्ष नेता। लोकतन्त्रमा जायज एजेन्डामा विपक्षीको आलोचना गर्नु अस्वाभाविक होइन। स्वस्थ आलोचनाले दलहरुलाई सच्चिने अवसर दिन्छ। आलोचनाले गल्तीको महसुस गराउँछ भने त्यो जतनताको दृष्टिकोणबाट हेर्दा र दलको आफ्नै जीवनको दृष्टिकोणबाट हेर्दा पनि फाइदाजनक नै सावित हुनेछ। तर, आलोचनाका नाममा विना तथ्य, तल्लो स्तरमा झरेर एकअर्काको आलोचना गर्ने कुरा न देश र जनताका लागि सुखद् हुन्छ, न दल र नेताका लागि फाइदा नै। बरु त्यसले नेताहरुको चेतनास्तर, बौद्धिकता र क्षमतामाथि प्रश्न खडा गर्छ। त्यति मात्र होइन, जनताप्रति उनीहरुको वास्तविक दृष्टिकोण पनि उधेल्छ। 

स्थानीय तहको निर्वाचन प्रचारका लागि भएका सभामा नेताहरुले दिएका अभिव्यक्तीले उनीहरुको कद बढाएन, घटाइदियो। राजनीतिप्रति उब्जिएको वितृष्णालाई मलजल गर्‍यो। जनतामा आशाको सञ्चार गराउने सन्दर्भमा दल र नेता असफल बने र फेरी एकपटक राजनीति र दलहरुप्रति जनता नजरमा आह्रालो यात्रामा रहेको आशंकाले थप बल प्राप्त गर्‍यो। क्षणिक ताली पाउने प्रयासले दल र नेतालाई तत्कालीन रुपमा त फाइदा नै होला। तर, त्यसले राजनीति थप विकृत बनाउने छ। 

Metro Mart
worldlink

प्रधानमन्त्री शेरबहादुर देउवामा देखिएको अत्यास, एमाले अध्यक्ष ओलीले देखाएको छुद्रता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धम्की र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको लघुताभासले के संकेत गर्छ? निर्वाचनपछिको राजनीतिक कोर्समा यसको असर हुन्छ? चुनावी प्रचारका क्रममा दलका शीर्ष नेताले दिएका अभिव्यक्ति र त्यसको अन्तर्यको खोजीमा यो सामग्री केन्द्रित छ।

संविधानको कल्पनाबाहिर देउवा अभिव्यक्ति
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा छोटो भाषण गर्ने राजनीतिज्ञमा पर्छन्। तर उनका भाषणमा आक्रोश, रिस, आवेग प्रशस्तै हुन्छ। बेलाबेला उनी तथ्यभन्दा बाहिर रहेर बोल्ने गर्छन्। यसपटकका चुनावी सभामा भने देउवाको भाषणमा आक्रोश, रिस र आवेगभन्दा पनि अत्यास बढी देखियो। खासगरी सत्ता गठबन्धनको चुनावी तालमेल असफल हुने जोखिम कम गर्ने प्रयास देउवाले गरे। त्यही प्रयासमा उनी आफ्नै कार्यकर्ता माथि रुखो सुनिए। चितवनमा बागी उम्मेदवारी दिएकाहरुतर्फ संकेत गर्दै उनले भनेका थिए, 'हिजो बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरु आज गठबन्धनका विरुद्धमा लागेका छन्। हामीलाई थाहा छैन र!'

प्रकाशित: May 10, 2022| 20:08 मंगलबार, वैशाख २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...