बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एएफसी एसियन फुटसल : नेपालले यसरी गर्‍यो छनोटको अन्तिम तयारी [फोटो फिचर]

एएफसी एसियन फुटसल : नेपालले यसरी गर्‍यो छनोटको अन्तिम तयारी [फोटो फिचर]

एएफसी एसियन फुटसल कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमले शनिबार दिउँसो अन्तिम अभ्यास गरेको छ।
 |  शनिबार, चैत २६, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, चैत २६, २०७८

बिस्केक (किर्गिस्तान)- एएफसी एसियन फुटसल कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमले शनिबार दिउँसो अन्तिम अभ्यास गरेको छ। ५ दिनअघि नेपालबाट किर्गिस्तानको राजधानी बिस्केक आइपुगेको नेपाली टिमले गरेको अभ्यासका चरण पूरा गरेको हो। 

टिममा देखिएका सानासाना कमजोरी केलाउन र त्यसलाई मिलाउने काम पनि पूरा भएको नेपाली टिमका प्रशिक्षक गौरव बस्नेतले बताए। सिनियर खेलाडी मणिकुमार लामा, विजय श्रेष्ठ, कप्तान अनिस श्रेष्ठले जुनियर  खेलाडीसँग समन्वय गरेर टिमले अन्तिम तयारी पूरा गरेको उनले बताए। 

बिस्केकको दक्षिणी भेगमा रहेको गाजप्रोम स्पोट्स कम्पलेक्समा नेपालले अन्तिम तयारी गरेको हो। यसअघि नेपालले स्थानीय दुई क्लबसँग खेलिसकेको छ। तर अपेक्षाकृत नतिजा भने नेपालले ल्याउन सकेन। 

‘हामीले राम्रो तयारी गरेका छौं। महामारी र प्राविधिक समस्याले हामीले दुई महिनाको अभ्यास मात्र गरेका छौं। हामीले ट्याक्टिकल पार्टमा फोकस गरेका छौं  र प्रतिस्पर्धीको विश्लेषण गरेका छौं। आफ्नो अभ्यासमा पनि कुनै कसर छोडेको छैन। तर प्रतिस्पर्धी जो भए पनि हामीले तयारी राम्रो भने गरेका छौं,’ खेलअघि आयोजित पत्रकार सम्मेलनमा गौरवले भने।

नेपाली टिमले विस्तारै प्रगति गरिरहेको उनको भनाइ छ। 'हामीले हाम्रा विपक्षीको खेल हेरिरहेका छौं। भन्नुपर्दा हामीले उज्ज्वेकिस्तानविरुद्ध सुधार गर्दै आएका छौं। पछिल्लो खेलमा भन्दा राम्रो नजिता निकाल्ने विश्वास छ,’ गौरवले भने। 

Metro Mart
worldlink

पाँच महिनाअघि पोखरामा भएको फुटसल लिगबाट नेपाली टिमका खेलाडी छानिएका हुन्। 

नेपालले आफ्नो पहिलो खेल अप्रिल १० मा उज्वेकिस्तानसँग खेल्नेछ भने अप्रिल ११ मा ताजिकिस्तानसँग खेल्नेछ। फाइनल खेल अप्रिल १२ मा अफगानिस्तानसँग हुनेछ। सबै खेल किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा हुनेछन्।

नेपालका खेलाडीः अनिश श्रेष्ठ, विश्वास पौडेल, आदिल हमिद, विजय श्रेष्ठ, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, क्रिजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन जाङ्बु शेर्पा

यस्तो रह्यो नेपालको अन्तिम तयारी

प्रकाशित: Apr 09, 2022| 19:25 शनिबार, चैत २६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।