बुधबार, वैशाख १७, २०८२

'विपक्षी कस्तो छ हेर्दैनौँ, प्रतिस्पर्धात्मक खेल्छौँ'

‘हामीले हाम्रा विपक्षीको खेल हेरिरहेका छौं। भन्नुपर्दा हामीले उज्ज्वेकिस्तानविरुद्ध सुधार गर्दै आएका छौं। पछिल्लो खेलमा भन्दा राम्रो नजिता निकाल्ने विश्वास छ,’ गौरवले भने।
 |  शनिबार, चैत २६, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, चैत २६, २०७८

बिस्केक (किर्गिस्तान)- एएफसी एसियन फुटसल कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमले शनिबार दिउँसो अन्तिम अभ्यास गरेको छ। ५ दिनअघि नेपालबाट किर्गिस्तानको राजधानी बिस्केक आइपुगेको नेपाली टिमले गरेको अभ्यासका चरण पूरा गरेको हो। 

टिममा देखिएका सानासाना कमजोरी केलाउन र त्यसलाई मिलाउन प्रशिक्षक गौरव बस्नेत व्यस्त छन्। उनीसँगै सिनियर खेलाडी मणिकुमार लामा, विजय श्रेष्ठ, कप्तान अनिस श्रेष्ठले जुनियर  खेलाडीसँग समन्वय गरेर टिमलाई अघि बढाइरहेका छन्।

बिस्केकको दक्षिणी भेगमा रहेको गाजप्रोम स्पोट्स कम्पलेक्समा नेपालले आज अन्तिम तयारी गरेपछि अब खेलको लागि तत्पर देखिएको हो। यसअघि नेपालले स्थानीय दुई क्लबसँग खेलिसकेको छ। दर्दोईसँगको पहिलो खेलमा ३–१ को हार व्यहोरेको थियो। दर्दोई किर्गिस्तान लिगको बलियो क्लब मानिन्छ। दोस्रो खेलमा नेपाली टिम केही बलियो देखिएको थियो। उसले लिगको साविक विजेता फरवाटर एफसीमाथि लामो समय दबाब बनायो। तर, दुई गोलको सामना गर्दै २–० को हार खेप्यो। 

खेलको सन्दर्भलाई लिएर मुख्य प्रशिक्षक गौरव दुई महिनाको राम्रो तयारीले नेपाली टिमलाई प्रतिस्पर्धी बनाएको बताउँछन्। ‘हामीले राम्रो तयारी गरेका छौं। महामारी र प्राविधिक समस्याले हामीले दुई महिनाको अभ्यास मात्र गरेका छौं। हामीले ट्याक्टिकल पार्टमा फोकस गरेका छौं  र प्रतिस्पर्धीको विश्लेषण गरेका छौं। आफ्नो अभ्यासमा पनि कुनै कसर छोडेको छैन। तर प्रतिस्पर्धी जो भए पनि हामीले तयारी राम्रो भने गरेका छौं,’ खेलअघि आयोजित पत्रकार सम्मेलनमा गौरवले भने।

प्रशिक्षक गौरव भन्छन्, ‘हामी राम्रो प्रदर्शन गर्नेछौं। नेपाली टिम विस्तारै प्रगति गरिरहेको टिम हो।’

प्रकाशित: Apr 09, 2022| 18:40 शनिबार, चैत २६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।