मंगलबार, वैशाख १६, २०८२

नीति महाधिवेशन छलेर कांग्रेसले कसरी बनाउँदैछ घोषणापत्र?

तीन महिनासम्मको अवधिमा पार्टीको भावी नीति र रणनीतिबारे छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएपछि महाधिवेशनका तीन महिनासम्म कांग्रेसले नीति महाधिवेशनका बारेमा छलफल समेत गर्न सकेन।
 |  बिहीबार, चैत १०, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, चैत १०, २०७८

काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व चयनमा मात्र केन्द्रित भयो। वैधानिकताको संकट टार्न नीतिबारे छलफल नै नगरी महाधिवेशन सकिएको कांग्रेसले ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने टुंगो लगाएको थियो। 

कात्तिक २८ गते बसेको केन्द्रीय समितिको बैठकले १४औं महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै केन्द्रित गर्ने र महाधिवेशन सकिएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो। विधानको दफा १७ को ५ मा टेकेर कांग्रेसले महाधिवेशनलाई नेतृत्व चयनको एजेन्डामा मात्रै केन्द्रित गरेको थियो। विधानको उक्त दफामा भनिएको छ, ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महाधिवेशन गर्न सकिने छ।’ 

महाधिवेशनबाट निर्वाचित भएको कार्यसमितिले कार्यभार सम्हालेको आज (चैत १० गते) ठिक तीन महिना पुगेको छ। यसरी हेर्दा अबको तीन महिनाभित्र कांग्रेसले नीति महाधिवेशन बोलाउनुपर्ने छ। 

सभापति शेरबहादुर देउवा।

तीन महिनासम्मको अवधिमा पार्टीको भावी नीति र रणनीतिबारे छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएपछि महाधिवेशनका तीन महिनासम्म कांग्रेसले नीति महाधिवेशनका बारेमा छलफल समेत गर्न सकेन। महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएपनि स्थानीय तहको निर्वाचनअघि नीति महाधिवेशन सम्भव नदेखिएको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले बताए। 

Metro Mart
worldlink
‘हाम्रो निर्णय सच्याउनुपर्छ। नीति र नेतृत्व सँगै हुनुपर्छ। महाधिवेशनले नेतृत्व चयन गर्ने मात्रै होइन, नीति निर्धारण गर्ने पनि हो,’ ‍प्रदीप पौडेल भन्छन्।

कांग्रेसले देशव्यापी रूपमा चुनाव केन्द्रित एक महिने अभियान चलाइरहेको छ। चैतभर जारी रहने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका कारण पार्टीको नीतिगत समिक्षा र भावी नीति तथा कार्यक्रम माथि तत्काल छलफल गर्न सक्ने अवस्था छैन। बरु स्थानीय तहको निर्वाचनको घोषणापत्रको तयारीमा कांग्रेस जुटेको छ। कांग्रेसले घोषणापत्र तयारीका लागि गगन थापालाई संयोजकको जिम्मेवारी दिइसकेको छ।  

नीति विनै जनतामा 

नीति र नेतृत्वसँगै जोडिएर आउने विषय हुन्। न नीति विनाको नेतृत्व सम्भव छ, न नेतृत्व विनाको नीति सही ठरहिन्छ। तर, अहिले कांग्रेसमा नेतृत्व छ, तर नीति छैन। महाधिवेशनबाटै नेतृत्व चयन र नीतिगत छलफललाई छुट्याउने निर्णयका कारण कांग्रेस नीतिविनाको नेतृत्व भएको पार्टी बन्न पुगेको छ। 

नीति र नेतृत्व दुवै विषयलाई महाधिवेशनले टुंग्याएको भए जनतामा जाँदा दुवै पक्षबाट आश्वस्त पार्न कांग्रेसलाई सहज हुने थियो। तर महाधिवेशनले नेतृत्व चयनलाई केन्द्रमा राखेर नीतिलाई थाती राखेका कारण पार्टीको एउटा पक्ष मात्र लिएर जनतामा जानुपर्ने अवस्था आएको कांग्रेसका एकथरी नेताको तर्क छ। 

‘महाधिवेशनबाट नीति र नेतृत्वलाई अलग–अलग गर्ने कुरा ठिक होइन। नेतृत्व चयन अहिले गर्ने, नीति महाधिवेशन पछि गर्ने भन्ने कुरा मिल्दै नमिल्ने कुरा हो। नीति विनाको नेतृत्व हुँदैहुँदैन,’ नेता प्रदीप पौडेल भन्छन्, ‘योजना, कार्यक्रम विनाको नेतृत्व हुनै सक्दैन। नीति र नेतृत्वलाई छुट्याउनै सकिँदैन। त्यसैले हाम्रो महाधिवेशनमा विभिन्न दस्तावेजमा छलफल गरेर पारित हुनुपर्ने थियो। त्यो हुन सकेन।’ 

प्रकाशित: Mar 24, 2022| 20:56 बिहीबार, चैत १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...