बुधबार, वैशाख १७, २०८२

सुदूरपश्चिममा मनाङको 'दबदबा' : पाँच संस्करणमा दुई उपाधि

इन्ज्युरी समयमा मनाङका ओलावाले अफिजले गोल गरेपछि मनाङले ३-१ को जित दर्ता गर्‍यो।
 |  शनिबार, फागुन २८, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, फागुन २८, २०७८

धनगढी- ५ हजारभन्दा धेरै फुटबल समर्थकबीच मनाङ मर्स्याङ्दी क्लबले शनिबार धनगढी रंगशालामा फ्रेन्ड्स क्लबलाई ३-१ ले हराउँदै सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जित्यो। खप्तड गोल्डकपको उपाधि मनाङको वर्षकै पहिलो उपाधिसमेत हो।

गोल्डकपको पहिलो संस्करण (वि स २०७३) मा पनि उपाधि जितेको मनाङले ५ वर्षपछि प्रतियोगिताको दोस्रो उपाधि जित्दा आफू र टिम खुसी रहेको प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन्। ‘प्रतियोगिता जितेकोमा खुसी लागेको छ। हामीले पहिलो पटक पनि जितेको थियौँ। मनाङमा राम्रा खेलाडी छन्,’ प्रतियोगिता जितेपछि तामाङले भने, ‘मनाङ राम्रो टिम पनि हो। खेलाडी र टिमको हिसाबले हामी उपाधिका हकदार हो।’

सुदूरपश्चिममा पहिलो संस्करणको उपाधि जितेपछि महेन्द्रनगर र धनगढीमा मनाङका समर्थकको संख्या पनि ठूलो छ। ठूलो संख्यामा समर्थकका साथ मनाङले सुदूरपश्चिममा शनिबार आफ्नो शान अझै ठूलो बनायो। उपाधिसँगै मनाङले २१ लाख पुरस्कार जित्यो भने उपविजेता फ्रेन्ड्स क्लबले ११ लाख नगद पुरस्कार हात पार्‍यो। प्रतियोगितामा मछिन्द्र, न्यु रोड टिम, दिल्लीजस्ता निकै बलियो टिमको पनि सहभागिता रहेको थियो।

यी टिम भने पहिलो खेलमै हार व्यहोरेर बाहिरिएका थिए। तर सहिद स्मार ए डिभिजन लिगमा भाग्यले रेलिगेसनबाट बचेको फ्रेन्ड्स क्लब भने खप्तड गोल्डकपको फाइनलमा पुग्न सफल भयो। ‘लिगको रिजल्ट अनुसार हामी फाइनलमा पुग्नु नै हाम्रो सफलता हो। हामीले अन्तिम चार खेलले मात्र बँचेको हो। यहाँ त लिग होइन नकआउट थियो। दबाब पनि थियो। दुई खेल लगातार जित्नु पनि चुनौती पनि हो। त्यसका बाबजुद फाइनलमा पुग्यौँ,’ फ्रेन्ड्स क्बलका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले नेपाल समयसँग भने। ए डिभिजन लिगको नवौं चरणपछि हार नव्यहोरेको भन्दै प्रशिक्षक मिश्रले अपराजित यात्राको सातौं खेलमा हार व्यहोरेकोमा चाहिँ दुखी रहेको पनि बताएका छन्।

पहिलो हाफमा फ्रेन्ड्सले केही राम्रा मुभहरु त बनायो तर अट्याकिङ थर्डमा धेरै राम्रो गर्न सकेन। प्रशिक्षक मृगेन्द्रले सदाझैँ जमोल फ्रान्कोइसलाई सबैभन्दा अगाडि खेलाएका थिए। तर उनले दबाब बनाउन सकेनन्।

Metro Mart
worldlink

प्रकाशित: Mar 12, 2022| 21:44 शनिबार, फागुन २८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।